एसपी रिपोर्टर
जनकपुरधाम, असोज ९ :
जसपा आवद्व समाजवादी महिला संघ नेपालले जनकपुरधाममा जितिया पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । संघको आयोजनामा भएको कार्यक्रममा महिलाहरुले शुभकामना आदानप्रदानका साथै मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गर्दै रमाइलो गरेका छन् ।

कार्यक्रममा उपस्थित जसपाका नेताहरुले जितियाको अवसरमा शुभकामना व्यक्त गरेका छन् । जितियाको पुर्व सन्ध्यामा विभिन्न दल आवद्व महिला संगठनहरु जितिया कार्यक्रम गर्न थालेको छ ।