एसपी रिपोर्टर
जनकपुरधाम, असोज ५ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित श्री रामजानकी आधारभुत विद्यालय अगाडिको पोखरीमा बिना जानकारी विषादी हालिएपछि विद्यार्थी र स्थानियवासी समस्यामा परेका छन् । स्थानिय श्री शिव युवा कमिटिका पदाधिकारीहरुका अनुसार वडा अध्यक्ष जानकी राम साहले स्थानियलाई बिना जानकारी ठेकेदार भनेर पोखरीमा विषादी हाल्न लगाएको जस्ले विद्यालयका विद्यार्थीहरुमा नराम्रो असर परेको बताएका छन् ।

विषादीका कारण पोखरीमा माछाहरु मरेर गन्हाउन थालेपछि विद्यालय पढन आएका विद्याथीहरुलाई समस्या भएको छ भने पितृतर्पणका लागि पोखरीमा स्नान र विधी गर्न आएकाहरुलाई समेत समस्या भएको उनीहरु बताउछन् ।

वडा अध्यक्ष साह र विद्यालयका प्रअ लट्टु साहले स्थानियको दैनिकी, नुहाई धुवाई, पितृतर्पणको विधी र विद्यार्थीको पढाई लेखाई भन्दा पनि माछापालन र आर्थिक आमदानीलाई नै पहिलो प्राथमिकता दिएर पोखरीमा विषादी हाल्न लगाई दुषित बनाएको प्रती स्थानियवासीले आक्रोस व्यक्त गरेका छन् ।


