एसपी रिपोर्टर
जनकपुरधाम, असोज ४ :
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत प्रदेश २ को विभिन्न जिल्ला स्थित एतिहाँसिक महत्वको पोखरी तथा सरोबरहरुको सौन्दर्यकरणको काम धमाधम भइरहँदा राजतिनिकरण हुन थालेको छ । स्थानिय सरकारसंगको समन्वयमा प्रदेश २ सरकारको योजनालाई अवरोध गर्न विभिन्न जालझेल हुन थालेपछि स्थानिय निराश बनेका छन् ।

भिडियो

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत प्रदेश २ को विभिन्न जिल्ला स्थित एतिहाँसिक महत्वको पोखरी तथा सरोबरहरुको सौन्दर्यकरणको काम धमाधम भइरहँदा सर्लाहीको मलगंवामा भने राजनिति हुन थालेको छ । जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर ७ स्थित बर्का मुसैलीको एतिहाँसिक पुरानो पोखरी मा प्राविधिक कारणबस पर्खाल खँस्दा स्थानियलाई उचालेर काममा अवरोध गरिएको स्थानिय सरकारले जनाएको छ ।

मंगलवाका मेयर निरश साहले पोखरीको दक्षिण बाउन्ड्रीवाल (पर्खाल) निर्माण हुन लाग्दा वालको छेउमा १३ फिटको बाटो निकाल्नु पर्ने सहमती अनुसार पोखरीको साढे ६ फिट र छेउको निजी जग्गा धनीहरुको साढे छ फिट लिने गरि पोखरीको साढे छ फिट जमिन छोडेर पर्खाल बन्न थालेपछि बिबाद सृजना गरि बाटो बनाउन दिइएन । बाटो बनाउन अवरोध भएपछि बिना बाटो पर्खाल उठाइएपछि पोखरी तर्फको माटोको भरेको दबाबले वर्षातको समयमा एक कुनाको पर्खाल भत्किएको हो । तर त्यसलाई गुणस्तरहिन काम भएको र भ्रष्टाचार भएको भन्दै नियोजित रुपमा अख्तियारमा मुद्दा हालिएपछि ठेकेदार काम छाडेको र त्यसपछि ठेकेदार फरार भन्दै पत्रपत्रिकामा समाचार निकालिएपछि ठेकेदार काम गर्न नसक्ने बताइरहेको छ ।

ठेक्का पाएको आर.जे.÷कमल जे.भी.का संचालक ठेकेदार खुशीलाल ठाकुरले बाटो निकालिएको तर माटो भर्न नदिएपछि एक तर्फबाट साहारा नहुँदा वर्षातमा पर्खाल भत्केको तर त्यसलाई नियोजित रुपमा गुणस्तरहिन र भ्रष्टाचार भन्दै अख्तियारमा गएपछि काम गर्दा लगाडी डुब्ने डरले काम छाडेको बताए । एता मेयर साहले भने आफु एकदमै मेहनत र परिश्रम गरेर मुख्यमन्त्री स्वच्छता अभियान नगरमा ल्याएको भन्दै सफल गरेर बजेट फ्रिज हुन नदिन आग्रह गरिरहेका छन् ।

एता स्थानियहरु भने आफुहरुको सम्पुर्ण मुसैली गाँउवासीको सामुहिक छठ गर्ने एकमात्र पोखरी सोहि पोखरी नै रहेको भन्दै छठ सम्म कमसेकम भएपनि घाट बनाएर छठ पुजाको वातावरण बनाईदिन आग्रह गरेका छन् । केहि राजनितिक दलका नेताले राजनिति गरेपछि पोखरीको काम बन्द हुँदा पोखरीको भोगकर्ता रहेको स्थानिय बिद्यालयले माछापालनको ठेक्का बापतको मासिक करिव दुई लाख रुपैया समेत गुमाइरहँदा बिद्यालयको एकमात्र आमदानीको स्रोत पनि बन्द भएको छ ।

गत सन २०२० सेप्टेम्वर २२ तारिखमा सम्झौता भई सन २०२१ डिसेम्वर २१ तारिख सम्म सम्पन्न हुने गरि ठाकुर सञ्चालक रहेको आर.जे.÷कमल जे.भी. जनकपुरधामले कुल लागत ६ करोड १२ लाख ९३ हजार ३ सय ९९ रुपैया ६५ पैसामा कामको ठेक्का पाएको हो । राजनितिको कारण काम अवरुद्व भएपछि यसपालिको छठ कसरी र कहाँ गर्ने भन्ने पिरले स्थानियलाई सताएको छ । सो पोखरीमा हजारौं स्थानिय परिवार छठ मनाउने गरेका छन् ।

ठेकेदारले दलिय सहमती गरि बिना अवरोध काम गर्न दिनुपर्ने भनेपछि मेयर साहको अगुवाईमा पोखरी किनारामै सर्वदलिय सहमती समेत भएको छ । सहमती अनुसार असोज ४ गते देखी पोखरी सौन्दर्यकरणको काम पुनः निर्वाध संचालन गर्ने र कामको लागत इष्टिमेटको मुल्याङ्गन अनुसारको भुक्तानी गर्ने, पोखरीको लागत इष्टिमेट असोज २५ गते भित्र नगरपालिका, विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयलाई जानकारी गराउने, छठ पर्वको लागी २५ गते भित्र कम्तिमा दुई पट्टीको घाट निर्माण हुनुपर्ने, नापी नक्सा अनुसार विद्यालयको पोखरीको जग्गा छुटयाई २ मिटर पोखरीको जग्गा र २ मिटर जग्गा धनीको जग्गाबाट अधिग्रहन गरि मंसीर मसान्त भित्र बाटो निर्माण गरिनुपर्ने सहितको निर्णय छ ।

बैठकमा पोखरी पर्ने नगरपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष प्रमोद कुमार यादव, रामनारायण महतो, ठेकेदार खुशीलाल ठाकुर, अमरेन्द्र राय, रामचन्द्र राय, ओसिन्जर महतो, मो. इआ मिकरानी, राम सेवक राय, दरेन्द्र राय, रामेश्वर राय, विशुनदेव राय, योगेन्द्र चौधरी, विन्देश्वर ठाकुर, विन्देश्वर मंडल, नजामुदिन मिकरानी, राम कृपाल महतो, फेकन चौधरी, संजय राय लगायतका स्थानिय र दलका प्रतिनिधीहरु सहित स्थानीय प्रशासन सहितको निर्णय पत्रमा हस्ताक्षर गराइएको छ ।