एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २६ :
सम्पुर्ण जातजातीको देवीदेवताको पहिचान सहितको मिथिला संहग्रालय र देवलोक सहितको मिथिला संस्कृती अध्यन्न केन्द्र निर्माणका लागि मैथली ब्राहमण महासभाले एक घर एक ईटा अभियान सञ्चालन गर्ने भएको छ ।

देशका २६ वटा जिल्लाहरुमा ब्राहमण समुदायको हरेक घर घरबाट एक घर एक ईटा संकलन गरि जनकपुरधाम उपमहानगरपालिकामा मिथिला संस्कृती अध्यन्न केन्द्र निर्माण गर्ने अभियान तहत सो अभियान सञ्चालन हुने महासभाका अध्यक्ष भगवान झाले बताए ।

प्रदेशसभा सदस्य परमेश्वर साहको संसदिय कोषबाट २५ लाख तथा जनकपुरधाम उपमहानगरपालिकाको ५ लाख बजेटबाट अहिले सम्म केन्द्रको फाउन्डेशनको काम मात्र भएको छ । प्रदेश सरकारले केन्द्र स्थापनामा सहयोग गर्ने भनिएपनि अहिले आएर पछि हटेकाले आफुहरु आ–आफनै प्रयासबाट सक्दो केन्द्र निर्माणका लागि पहल गर्ने महासभाको बैठकबाट निर्णय गरिएको छ ।

२६ जिल्लामा लगातार २६ वटा प्रत्येक शनिवार कुनै एक स्थानमा सत्यनारायण भगवानको पुजापाठ सहित बैठक गरेर एक घर एक ईटाको सहयोग संकलन गर्ने कार्यक्रम रहेको झाले बताए । अभियानको असोज २ गते शनिवार महोतरीको पिपराबाट थालनी हुने समेत उनको भनाई छ ।