एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ : जनकपुरधामको युनिभर्सल एकेडमी कलेजले धनुषाको लक्ष्मीनियाँ गाँउपालिकाको सातवटै वडाका एक छात्र र एक छात्रालाई छात्रवृतीमा प्लस टु पढाउने घोषणा गरेको छ ।
लक्ष्मीनियाँ गाउपालिका वडा नं. १ सिनुरजोडा निवासी युनिभर्सल एकेडमी कलेजका संचालक मैथिली गायक समेत रहेका संजय यादवले गाँउपालिकाको कार्यपालिका बोर्ड बैठकमा सातै वार्डवाट एक छात्र र एक छात्रा गरि प्रत्येक वर्ष दुई जना गरि कुल १४ जना अति विपन्न विद्यार्थीलाई छात्रवृतीमा प्लस टु पढाउने घोषणा गरेका छन् ।

सो कलेजमा निशुल्क पढने आधार भएका विद्यार्थीहरुको सिफारिस सातै वडाका वडा अध्यक्षहरुले गर्नुपर्ने हुन्छ । आ–आफ्नो वडामा अति विपन्न जेहेन्दार विधार्थीहरुको छनौट गरि सिफारिस गरिए अनुसार आफुहरुले छात्रवृती प्रदान गर्ने सञ्चालक यादवले बताए । उनले समाजिक उतरदायीत्व र शिक्षाको स्तर उकास्न आफुले चलाइरहेको कलेजले मातृभुमि र समाजको लागि केहि गरोस भने उद्देश्यले यस्ता घोषणा गरिएको बताए ।





