एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २२ : कुमारी आमा भनेर चिनिने निहारिका राजपुतले आफुलाई उचित न्याय नदिने चलखेल भइरहेको बताएकी छिन् । जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि निहारिकाले १६ वर्षकै उमेरमा आफुलाई ललाई फकाई करणी गरेर एक छोराको आमा बनाउने फरार अभियुक्त शिवराज श्रेष्ठ जिल्ला अदालत धनुषामा हाजिर भएपछि अदालतमा आफनो बकपत्र भएको तर आरोपित श्रेष्ठको बकपत्र नगरि अल्झाउने काम भएको उनले बताए ।
उनले सुरुमा जनकपुरधामका महिला अधिकारकर्मीहरु सहित अधिवक्ताहरु समेत आफुलाई बच्चा कंलक हुने भन्नै नराख्न चेतावनी दिएको र नमानेपनि यातना दिएको आरोप समेत लगाइन । उनले आफु न्याय चाहेको र कानुन बमोजिम आरोपितलाई सजाय चाहेको बताइन् । केटाको परिवार जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि पसल गरिरहेकाले प्रहरीसंग राम्रै पहुँच रहेकाले आफुलाई समस्या भइरहेको उनको तर्क छ ।
अढाई वर्ष देखि बिना बिबाह बच्चा जन्माएकी महोतरीको जलेश्वर नगरपालिका वडा नं. ९ की निहारिका आरोपित धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका आरोपित श्रेष्ठलाई कारवाहीको मांग गर्दै जनकपुरधाममा भौतारिरहेकी छन् । २०७६ सालमा १६ वर्षकै उमेरमा ललाई फकाई बिबाह गर्छु भन्दै करणी गरि गर्भवती बनेकी उनले २०७७ पुषमा पेटमा बच्चा सहित जिल्ला प्रहरीमा उजुरी लिएर दिएकी थिइन । यस अघि अभियुक्त श्रेष्ठ फरार थिए एक वर्ष १५ दिनको छोरा सहित निहारिका अदालत र प्रहरी ध्याइरहेकि छन् ।
