एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १९ : नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवस श्री जानकी आँखा अस्पतालमा पनि मनाइएको छ । जनकपुरधाम स्थित श्री जानकी आँखा अस्पतालमा एक कार्यक्रमको आयोजना गरी ५९ औं स्थापना दिवस मनाइएको हो । अस्पतालका सभापति गंगाराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले रेडक्रसले जनताको हित र सेवाका लागि स्थापना गरेको जानकी आँखा अस्पताल जस्ता सेवामुलक संस्थाहरुको संरक्षण समाजको समेत दायित्व हुनुपर्ने बताए ।
उनले समाजका लागि योगदान दिएका समाजसेवी समाजको एक गहना रहेको धारणा राख्दै विगतमा समाजसेवीले गरेको समाजसेवाको मुल्याङ्गन हुन जरुरी रहेको बताए । अहिले कतिपयले समाजसेवालाई कमाई खाने भाँडो बनाउने गरेको उनको तर्क थियो । कार्यक्रममा अस्पतालका संस्थापक समाजसेवी स्व. मकेश्वर सिंहको परिवारबाट पत्रकार तथा सञ्चार उद्यमी रुपेश सिंहले आफनो धारणा राख्दै समाजका लागि योगदान दिएकाहरुको सम्मान र कम्तिमा स्मरण गरिनुपर्ने बताए ।

अस्पतालका कार्यवाहक मेडिकल डायरेक्टर डा. आशिष बोहराले करिव ६० वर्ष अगाडि स्थापना भएको र ४० वर्ष अगाडि स्वीस रेडक्रस चलाउन सुरु गरेको अस्पताल सभापती यादवको अभिभावकत्वमा रेटिना, ग्लोकोमा, करनिया सहितको डिपार्टमेन्ट विस्तार गर्ने क्रममा रहेको बताए ।
अस्पतालले गत आर्थिक भन्दा यस आर्थिक वर्षमा पाँच गुणा बढी आर्थिक बृद्वि गरेको छ । कार्यक्रममा अस्पतालका कोषाध्यक्ष संजय साह, समाजसेवी अमरचन्द्र अनिल, नेत्र अधिकृत रुदल प्रसाद साह, शशीकान्त झा चिकित्सकहरु सहित समाजका अगुवाहरुको उपस्थिती रहेको थियो ।


