एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १५ :
ललाई फकाई जबरजस्ती करणी गरि एक युवतीलाई गर्भवती बनाएको मुद्दाका आरोपित धनुषा जिल्ला अदालतमा हाजिर भएपछि पिडिताले न्याय मांग गरेकी छन् । अढाई वर्ष देखि बिना बिबाह बच्चा जन्माएकी महोतरीको जलेश्वर नगरपालिका वडा नं. ९ की निहारिका राजपुत आरोपित एकाएक अदालतमा हाजिर भएपछि न्यायका लागि हार गुहार गरेकी छन् ।

निहारिकालाई धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका आरोपित शिवराज श्रेष्ठले २०७६ सालमा १६ वर्षकै उमेरमा ललाई फकाई बिबाह गर्छु भन्दै करणी गरि गर्भवती बनाएपछि घटना बाहिरीएको थियो । २०७७ पुषमा पेटमा बच्चा सहित जिल्ला प्रहरीमा उजुरी लिएर पुगेकी निहारीकाको २०७७ चैत २ गते अदालतमा मुद्दा दायर भएको थियो । त्यसवेला देखिनै फरार अभियुक्त श्रेष्ठ आइतवार अदालतमा हाजिर भएका छन् ।

निहारिकाले आफुहरु दुवैजनाको बुधवार अदालतमा पेशी रहेको तर न्याय पाउनेमा शंका लागेको बताउछिन् । पहुँच र पावरवालाको दुनिया रहेकाले आफु अबिबाहिता एक बच्चाको आमालाई न्यायका लागि पहल गरिदिन हुन उनले सवै पक्षलाई आग्रह गरेकी छिन् । निहारिकाले २०७७ भदौ ५ गते छचेरा पाएकी पछि अबिबाहिता आमा भनेर चर्चा पाएकी थिइन र उनी मिडियामा आफु माथी भएको अन्यायको पक्षमा खुलेरै बोल्दै न्यायका लागि लडने बताएकी थिइन । एक वर्ष १५ दिनको छोरा सहित निहारिका अदालत र प्रहरी ध्याइरहेकि छन् । उनले श्रेष्ठसंग बिबाह पनि नगर्ने आफुलाई अंश र सम्पतीको कुलै लोभ नरहेको बताउदै श्रेष्ठ उपर कानुन अनुसारको कडा कारवाही हुनुपर्ने मांग गरेकि छन् ।