एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १२ : जनकपुरधामका केहि युवा अगुवाहरु यहाँ स्थित श्री जानकी मन्दिर प्राङ्गणमा रहेको व्यावासीयक प्रचारमुलक सहितका होडिङ्गबोर्डहरु च्यातेर फालेका छन् । जानकी मन्दिरको मौलिक सौन्दर्यकरण बचाउ तथा सफाई अभियान भनिएको सो कार्यका अगुवा मध्येका सरोज कुमार मिश्रका अनुसार देश र बिदेशका धार्मिक स्थलमा व्यावसायीक र राजनितिक प्रचार प्रसारको बोर्ड कतैपनि नराखिएकाले हटाइएको हो ।
तर त्यस्ता बोर्डहरु हटाउने क्रममा केहि पृथक दृश्य पनि देखिएको छ । केहि युवाहरु मन्दिर प्राङ्गणमा लगाएको मुख्यमन्त्री लालबाबु राउत सहितको बेटी पढाउ बेटी बचाउ अभियानको सन्देश मुलक प्रचार समाग्री हटाइएको मात्र नभई मुख्यमन्त्रीको तस्वीरमा जुताले किच्दै गाली गरेको समेत देखिन्छ ।

यस्ले ति अभियानलाई शंकाष्पद देखाएको छ । हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरको प्राङ्गणमा लगाइएका त्यस्ता व्यावसायीक र राजनितिक प्रचारमुलक होडिङ्ग बोर्डहरु हटाउदा मन्दिरको मौलिकता र आकर्षण बढने भएपनि सफाईको क्रममा भएका केहि गलत गतिविधीले अभियानलाई राजनितिक र नियोजित स्वार्थको पुष्टी गर्दछ ।
प्रदेश सरकारको सत्तारुढ दल जनता समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका प्रदेश २ उपाध्यक्ष विकास यादवले जानकी मन्दिरमा भएको उछृङ्गल गतिविधी प्रति आफुहरुको गम्भिरको ध्यानाकर्षण भएको बताउदै यस्ता कामहरु बन्द गर्न चेतावनी दिएका छन् । उनले यस्ता गलत कार्य भइरहँदा त्यस कार्यको साक्षी पत्रकारका केहि अगुवाहरु पनि रहेकाले सत्य तथ्य खोजि हुने बताए ।

मन्दिरको मौलिकता, सफाई र सौन्दर्यकरण प्रदेश सरकारको समेत प्राथमिकतामै रहेकाले त्यस्ता कामहरुको आफुहरु स्वागत गर्ने बताउदै उनले बिहान भएको केहि गतिबिधी पुर्ण रुपले नियोजित र राजनितिक प्रतिसोधात्मक रहेकाले पुनः दोहरिए राजनितिक रुपमै जवाफ दिइने उनको चेतावनी छ । जसपाका एक नेताले बिहान भएको कार्यमा सहभागिहरु कुन दल र कास्को मान्छे हो भन्नेमा जनकपुरधाम जानकार रहेको भन्दै सो कार्य समाजिक भन्दा पनि विशुद्व राजनितिक कार्य भएको दावी गरेका छन् ।





