एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ११ :
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनितिक दलमा समाजवादी शब्दको स्वीकारोक्ती बढदै गएको प्रति खुसी व्यक्त गरेका छन् । पार्टीद्वारा जनकपुरधाममा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जसपाका नेता अशोक रायले तत्कालिन समयमा आफनो दलको नाम समाजवादी पार्टी राखेको र आफुहरुसंग मिलेर संघिय समाजवादी फोरम नेपाल बनेपछि हरेक दलले आफनो नाममा समाजवादी शब्द राख्न थालेको बताए ।

नेपालको सप्तरी स्थित बरमझियामा पेडा पसल जस्तै एकै नामले अनेकन पार्टी खुल्ने गरेको भएपनि समाजवादको केन्द्र जसपा मात्र रहेको बताए । नेपालमा कम्युनिष्टहरु नरहेको बताउदै उनले नेपालको कम्युनिष्टहरु कमाउनिष्ट भएको बताएका छन् ।

भदौ देखि मंसिर सम्म पार्टीले सुरु गरेको अभियानमा योगदान गर्ने र काम गर्ने नेताहरुलाई मात्र पार्टीमा अवसर र पद भेटने उनले बताए । काम नगरेको खण्डमा केन्द्रिय सदस्यको पद समेत भोली रहन नसक्ने उनको चेतावनी थियो । देशमा बामपन्थीहरुले सोचेको जस्तो निरंकुश एकदलिय शासन प्रणाली चल्न नसक्ने उनको तर्क छ ।

समुनत समाजवाद वा समाजवादी लोकतन्त्रलाई संस्थागत गर्दै पुजी र प्रविधी समयानुकुल प्रयोग गर्न सकिए देशबाट गरिवी र रोजगारीको अनत्य हुने उनको धारणा छ । जनताको गुनासो सम्बोधन हुने गरि सवै सरकार चल्नु पर्ने उनको जिकिर छ । कार्यक्रममा पार्टीबाट निर्वाचित स्थानिय प्रदेश र संघ सरकारका जनप्रतिनिधीहरुको उपस्थिती रहेको छ ।