एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ९ : महावीर युवा कमिटीको हुन लागेको निर्वाचनमा उम्मेदवार बनेकाहरु लाई आज निर्वाचन समितिले प्रशिक्षण दिएका छन् । नयाँ नेतृत्वका लागी यहि भादौं १२ गते हुन निर्वाचन पुर्व उम्मेदवारहरलाई प्रशिक्षण दिएको हो ।

अध्यक्ष पदका उम्मेदवार अजय गुप्ता, बलराम साह, विकास चौधरी र प्रदिप भगत, उपाध्यक्ष पदमा महेश कुमार साह(चोच),सरोज चौधरी, अनिल साह(मिठ्ठा), महासचिब भरत साह, दिपक साह(मिन्टु) र चन्दन नागवंसी, सचिबमा त्रिदेव प्रसाद साह र विकास कुमार साह(विक्की र त्यसैगरि भने कोषाध्यक्ष पदका उम्मेदवार चन्दन शर्मा, विकास राय, मोहन कुमार साह, शशी कुमार साह सहितकालाई प्रशिक्षण दिइएको छ ।

साथै सदस्य पदमा उम्मेदवारी दिएका जम्मा ११ जना पनि प्रशिक्षणमा सहभागिता जनाएको निर्वाचन समिति संयोजक शंकर साहले जनकारी दिएका छन् । यी सवै उम्मेदवारलाई आज निर्वाचन समितिले प्रशिक्षण दिएको हो । महावीर युवा कमिटीका निर्वाचन समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नयाँ नेतृत्वमा आउने उम्मेदहरुलाई जनकपुर जेसीजका पुर्व अध्यक्ष एवम् जनकपुर उद्योग वाणिज्य संघका वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका मनिष रमण साहले प्रशिक्षण दिएको हो ।

नयाँ नेतृत्वमा आउने उम्मेदवारलाई उनीहरुको क्षमता विकास र सहि नेतृत्वदायी भुमिका कसरी निर्वाह गर्न सकिन्छ भन्ने उद्देश्यले प्रशिक्षण दिइएको प्रशिक्षक साहले बताए । प्रशिक्षण कार्यक्रममा महावीरका संस्थापक अध्यक्ष अरुण प्रसाद साह, पुर्व अध्यक्ष, प्रमोद साह, सनील प्रसाद साह, प्रमोद साह, विनोद चौधरी, विश्वनाथ साह,निर्वाचन समितका सदस्य रोश साह, अमित साह लयागतको उपस्थिति रहेको थियो ।


