एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३ :
शहिदनगर नगरपालिकाले नगरभित्रका विद्यालयहरु सञ्चालनमा ल्याउने भएको छ । कोरोनाको जोखिम नगरपालिकामा न्युन देखिएकाले स्वास्थ्यका सम्पुर्ण मापदण्ड पालना गर्दै भदौ ७ गते सोमबार देखि भौतीक उपस्थितीमा कक्षा सञ्चालनका लागि नगरपालिकाले निर्देशन दिएको छ ।

स्वास्थ्य सुरक्षा र कोरोनाबाच बच्न विभिन्न ८ बुँदे मापदण्ड अपनाउनै पर्ने गरि कक्षा सञ्चालनका लागि नगरपालिकाका मेयर उदय बरबरिया यादव र प्रमुख प्रशासकिय अधिकृत सत्रुधन यादवले विज्ञप्ती जारी गर्दै विद्यालयहरुलाई विद्यालय सञ्चालनका लागि आग्रह गरेको छ ।