एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३ : गाणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीलाई भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । देशमा प्रजातन्त्र स्थापनाका लागि संग संगै काम गरेका पुर्व राष्ट्रपति डा. यादव र नेपाली बिच सुमधुर सम्बन्ध छ । पुर्वराष्ट्रपतिले नेपालीको सिघ्र पुर्ण स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
पुर्वराष्ट्रपतिले नेपाली प्रजातन्त्र स्थापनाका लागि भएको लडाईको कलमधारी लडाकु रहेकाले राज्यले बिर्सन नहुने बताए । नेपालीलाई पहिलो चरणमै क्यान्सर पता लागेपछि भारतबाट सफल उपचार गराई घर फर्केर आराम गरिरहेका छन् ।


