पुरन रौनियार
जनकपुरधाम, साउन ३२ :
आइतवार साइकल नपाएपछि धुरुधुरु सवैलाई रुवाउने गरि रोएकी लाडली खातुनलाई साइकल सहयोग गर्ने सहयोगी हातहरुको व्यापक ध्यानाकर्षण भयो । एसपीखवरका सम्पादक (म) लाई अष्ट्रेलिया, कतार, दुबई सहित नेपालको दर्जनौ आन्तिरक फोनहरु धमाधम आउन थाल्यो तर बिडम्वना उनको अभिभावकसंग सम्पर्क गर्न उनीहरुसंग मोबाइलनै छैन । एसपी खवरलाई ति फोनहरु वेबसाइटमा दिइएको नम्वरमै आएको थियो ।

त्यसपछि हामी उनको जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ८ मुस्लिम बस्ती स्थित भाडाँमा बस्दै गरेको टुटेको घरमा पुग्यौं । लाडलीका बुवा मोहम्मद आलमसंग एउटा पुरानो साइकल छ उनी मेहनत मजदुर गर्न विहानै निस्केपछि कतिबेला घर आँउछ ठेकान हुदैन । उनकी आमा जनत खातुन भने अलिक सुझबुझ भएकी छिन । सोमबारै विहानै उनले दिएको उनको छिमेकी अनवर आलमको मोबाइलमा फोन गरेर हामीले लाडलीलाई मन छोटो नगर्न र उनले साइकल पाउने तयारी भइरहेको खवर पुरयाइदिन आग्रह गरिसकेका थियौं ।

अष्ट्रेलिया निवासी प्रभाकर साहको पहलमा त्यहाँ स्थित रञ्जित साहले जिल्ला युवा सञ्जालको माध्यमबाट साइकल र पढन लेख्नका लागि कपी, कलम र औजारबक्स सहयोग गर्ने प्रथम प्रतिवद्वता आएकाले एसपीखवरले उनीहरुकै सहयोग उपयोग गर्ने मनशाय बनायो ।

लाडलीको घर पुग्दा उनी दुवै हातमा मेहंदी लगाएकी रहेछन् । साथीसंगी संगै रहेकी लाडलीको लागि साइकल आइरहेको बताएपछि उनी अलिकती मुस्कुराइन । जव सञ्जालकी खुश्बु साह उनका लागि किनिएको साइकल चढदै उनको नजिक आइन अनि उनको खुसीको सिमा रहेनन । अनि हेर्नोस उनी र उनको छिमेकीको हाँसो ।

उनको घर पुग्नु अगाडि प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले मलाई फोन गरेर समाचारको प्रशंसा गर्दै प्राविधिक कारणबस चुक हुन गएको बताउदै प्रदेश सरकारले समेत साइकल दिने तयारी गरिरहेको बताएका थिए । तर सञ्जालले सहयोग गर्ने साइकल किनिसकिएकाले त्यो सहयोग पनि आवयश्क बुझेर प्रदान गरिएको छ ।

हामी लाडलीलाई साइकल, कपी, कलम र औजारबक्स दिदै पढाई नरोक्न आग्रह गरयौं । छेउमै रहेका उनका अभिभावकलाई समेत साइकलको दुरुपयोग नर्गन र पढाईमै प्रयोग गर्न आग्रह गर्दै उच्च शिक्षा अध्यन्नमा कुनै सहयोग आवयश्क परे आफुहरुलाई सम्झिन सञ्जाल र एसपीखवरको आग्रह थियो । उनकी आमा खातुन र बुवा आलमले छोरीको आँसु प्रति देखाइएको सदभावका लागि मिडिया सहित सवैलाई धन्यावाद दिए । उनलाई भारतिय भनिएपनि कक्षा एकै देखि श्री जानकी मावि जनकपुरधाममा पढदै आएकी लाडलीले आर्थिक अवस्थाका कारण चियाका लागि सोध्ने आँट नगरेपनि हामी आउनै लाग्दा नेपालीमा बोलेकी शब्द ‘धन्यवाद छ सर’ अझै काममा गुञ्जिरहेको छ ।

त्यस अगाडि उनको प्रश्न पनि थियोे, ‘सर भारतमा त धेरै नेपाली चेलीहरु पढदैछन उहाँलाई त्यहाँको कलेजले कसरी सवै सेवा सुविधा दिन्छ त ?’ उनको प्रश्नको जवाफ हामी संग थिएन हामीले तिमि पढदै जाँउ सवै थाहा हुन्छ भनेर फर्कयौं ।

यस्तो थियो उनी रुनुको कारण

तस्वीर र दृश्य : संजय कुमार साह