पुरन रौनियार
जनकपुरधाम, साउन ३१ :
मित्र राष्ट्र भारत आज आफनो ७५ औँ स्वतन्त्रता दिवस भब्यताका साथ मनाइरहेको छ । सो अवसरमा भारतमा भब्यता त छनै नेपालमा समेत विविध कार्यक्रम गरिएको छ । नेपालको असल छिमेकी मित्र राष्ट्र भारत आज आफनो ७५ औँ स्वतन्त्रता दिवस भब्यताका साथ मनाइरहेको छ । सो अवसरमा भारतमा भब्यता त छनै नेपालमा समेत विविध कार्यक्रम गरिएको छ । नेपालस्थित भारतीय दूतावासले भारतको ७५ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

भारतीय राजदूत विनयमोहन क्वात्राद्वारा आज लैनचौरस्थित दूतावासमा राष्ट्रिय झण्डा फहराएर कार्यक्रको सुरुवात गरेका थिए । त्यस अवसरमा उनले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । र भारतको स्वतन्त्रका लागि बलिदान दिएको स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । राजदूत क्वात्रले सो अवसरमा एकल महिला तथा भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरूका परिवारलाई ४.४५ करोड रुपियाँ वितरण गरेका थिए । साथै प्रत्येक परिवारलाई कम्बल ओढाएर सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक र विद्यार्थीहरूद्वारा देशभक्तिपूर्ण गीत र नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा राजदूत क्वात्राले नेपालको सांस्कृतिक विरासत स्थलहरूको संरक्षणको लागी ‘कला र साँस्कृतिक विरासतको लागी भारतीय राष्ट्रिय ट्रस्ट’ को वेभसाइट पनि शुभारम्भ गरेका थिए । भारत सरकारले सन् २०१५ को भूकम्पमा क्षतिग्रस्त भएका नेपालका साँस्कृतिक सम्पदाहरूको संरक्षण र पुनःस्थापनाका लागि ५० मिलियन अमेरिकी डलरको सहायता पनि प्रदान गरेको छ ।

एता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपालका जनता साझा साँस्कृतिक र भाषिक सम्बन्धले एकजुट रहेको बताएका छन् । भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्ना समकक्षी मोदीलाई ट्वीटरमार्फत दिएको शुभकामना तथा बधाईको प्रतिक्रियामा मोदीले सो कुरा बताएका हुन् ।

उनले आफ्नो ट्वीटरमार्फत भनेका छन्, ‘म प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना को लागि धन्यवाद दिन्छु । भारत र नेपालका जनता हाम्रो साझा सांस्कृतिक, भाषिक, धार्मिक र पारिवारिक सम्बन्धद्वारा एकजुट छन् ।’ भारितय प्रधानमन्त्री मोदी एक भब्य समारोहका बिच देशका राजनितिज्ञ, सुरक्षाकर्मी, बैज्ञानिक, विद्यार्थी, शिक्षक, चिकित्सक, देशका प्रतिभावान व्यक्तित्व, अभियानी सहित देश र समाजका सवै क्षेत्रका अगुवाहरुको अगाडी देशबासीहरुलाई सम्बोधन गर्दै आफना योजना, उद्देश्यहरु र बैदेशिक नितिका विषयमा समेत सुनाएका छन् ।

भारतमा भब्यताका साथ विभिन्न कार्यक्रम गरि देशको झन्डा फहराउदै स्वतन्त्रता दिवस मनाइएको छ । ७४ वर्ष अगाडी संन १९४७ अगस्त १५ तारेखका दिन भारत तत्कालिन अंग्रेज शासकहरुबाट स्वन्त्र भएपछि १५ अगस्तलाई भारतले स्वतन्त्रता दिवसको रुपमा मनाउन थालेको हो ।

बिरगंज स्थित महावाणिज्य दूतावासमा पनि कार्यक्रम

एता पर्साको बिरगंज स्थित भारतिय महावाणिज्य दूतावासद्वारा दूतावास परिसर भित्र समेत विभन्न कार्यक्रम गरि भारतको ७५औं स्वतन्त्रता दिवस मनाइएको छ । आजादीका अमृत महोत्सव क्ष्लमष्ब२ठछ को तत्वावधानमा दिवस मनाइएको छ । महावाणिज्यदूत नितेश कुमारले भारतको राष्ट्रिय झण्डा फहराएका थिए । कार्यक्रममा उपस्थित सबैजना राष्ट्रिय गानमा सहभागि भएपछि दिवसको अवसरमा भारतिय राष्ट्रपतिले पठाएको शुभकामना सन्देश समेत पढेर सुनाएका थिए ।

त्यसपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गड्डी, मुख्य न्यायधिवक्ता, वीरगन्ज महानगरपालिकाका मेयर, भारत नेपाल सहयोग मञ्चका अध्यक्ष, वरिष्ठ पत्रकार, प्रधानाध्यापक सहितका विशिष्ठ व्यक्तिहरुद्वारा तयार पारिएको भिडियो शुभकामना समाग्री सार्वजानिक गरिएको थियो । वीरगन्ज स्थित स्कूलका विद्यार्थीहरुद्वारा तयार पारिएको भिडियो सांस्कृतिक कार्यक्रमको समाग्री समेत सबैमाझ प्रस्तुत गरिएको थियो । कार्यक्रममा महावाणिज्य दूतावासका अधिकारी र कर्मचारीहरु, उनका परिवारका सदस्यहरु समेतको उपस्थिती थियो । कोभिड –१९ महामारीलाई ध्यानमा राख्दै सर्वसाधारणहरुलाई दूतावासको फेसबुक पेज मार्फत कार्यक्रमको प्रत्यक्ष प्रशारणमा सहभागि हुन आमन्त्रण गरिएको थियो ।