एसपी रिपोर्टर
जनकपुरधाम, साउन २४ :
वक्ताहरुले जनकपुरधामको स्थापनामा महत्वपुर्ण योगदान र सम्पती दान गर्ने दानवीरहरु स्व. रामस्वरुप स्व. रामसागर साहको स्मरण गर्दै जनकपुरधामले उनीहरुको योगदान विर्सन नहुने बताएका छन् । योगदान योद्वा स्व. रामस्वरुप स्व. रामसागर साहको वंश व्यक्तित्व–कृतित्व ग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै जनकपुरधाम तथा स्व. साह परिवार सम्बन्धमा जानकार व्यक्तिहरुले स्व. साहद्वय योगदान योद्वा रहेको भन्दै जनकपुरधामले उनीहरुको योगदान भुल्न नहुने बताए ।

काठमाण्डौं विश्वविद्यालयका पुर्व उपकुलपति डा. सुरेश राज शर्माले त्यस समयमा धर्मसंस्थाका लागि ३ सय देखि साढे ३ सय बिघघा जग्गा समाजको सेवाका लागि छुटयाउने परिवारलाई हेर्दा नतमस्तक हुने गरेको बताए । राजर्षिजनक विश्वविद्यालयका उपकुलपति प्रध्यापक भरत झाले समेत जनकपुर निर्माणमा योगदान गर्ने स्व. साहद्वयका परिवारकै योगदानका कारण जनकपुरधाम शिक्षित हुन सकेको बताए ।

जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साह सहितका वक्ताहरुले समेत स्व. साह परिवारको योगदान र जनकपुरधाममा त्यसको प्रभाव विषयमा धारणा राखेका थिए । ति दानवीर परिवारका सदस्यहरुले वि.सं.१९८५ देखि उनका पुर्वजहरुले गरेको योगदानलाई सात वर्ष लगाएर तस्वीर सहित यस वंश परिचय व्यक्तित्व तथा कृतित्व ग्रन्थमा समेटिएकाले आजको दिन यो ग्रन्थको विमोचन हुँदा धर्मसंस्था र गुठियार परिवार हर्षित भएको बताए । कार्यक्रममा धर्मसंस्थाका रामचन्द्र साह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहितको उपस्थिती थियो ।