एसपी रिपोर्टर
जनकपुरधाम चैत १३ : लकडाउनको वेला भइरहेको अभाव र गरिवहरुको दुःख र पिडालाई मध्येनजर गर्दै केहि जनप्रतिनिधी र सहयोगी हातहरु अगाडि आएका छन् । लकडाउनमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्षले वडाबासीलाई सहजरुपमा गराए खाद्यान्न उपलब्ध गराउने काम सुरु गरेका छन् । कोरोना भाइरस संक्रमण रोकथाम गर्न नेपाल सरकारले गरेको लकडाउनका कारण बजारमा कालोबजारी बढेको र त्यसले गरिव तथा निमुखाहरुलाई पिडा भएपछि वडा अध्यक्ष जानकीराम साहले सुरक्षित रुपमा सहज तरिकाले उचित मोलमै खाद्यन्न समाग्री उपलब्ध गराउन थालेका छन् । वडाध्यक्ष साहले आफ्ना वडावासीलाई बिहीबार खाद्यान्न वस्तु सहजरूपमा बजार भाउमा उपलब्ध गराएका छन् । आफ्नो वडाका १८ सय घरधुरीलाई प्रति घर ५ किलो आलु, २ किलो प्याज र एक प्याकेट नून सहजरुपमा उपलब्ध गराएको वडाध्यक्ष साहले बताए । जानकी नगरस्थित जानकी पतंजलि योग साधना केन्द्रमा कोरोना सुरक्षा सर्तकता अनुसार प्रत्येक व्यक्ती ८ फिटको दुरि कायम गरि पंक्तिबद्ध व्यवस्थित तवरले आलु, प्याज सहितका समानहरु वितरण गरेका हुन् । उनका अनुसार बजार मुल्य अनुसार आलु प्रतिकिलो ३५, प्याज प्रतिकिलो ४५ रुपैयाँ र नून २० रुपैयाँ प्याकेटको दरले सबैलाई उपलब्ध गराइएको हो ।

एता यस्तो समस्याका बिच नेपाल बैश्य कल्याण महासंघले गरिव विपन्नहरुको लागि भोजनको व्यवस्था गरेको छ । महासंघका अध्यक्ष अमरनाथ गुप्ताले संकटका वेला केहि भएपनि गरिव दुःखीहरुलाई राहत भनेर भोजन व्यवस्थापन गर्न लागेको बताए ।
