एसपी रिपोर्टर
जनकपुरधाम, साउन १५ :
प्रहरी हिरासत भित्रै मृत भेटिएका मृतकका परिवारजन र गाँउले आक्रोसित हुदै प्रादेशिक अस्पताल र जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन् । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पुरयाउँदा आक्रोसित भिडले निश्पक्ष पोष्टमार्टम नहुने आशंकामा प्रर्दशन गरेका छन् भने प्रहरी हिरासतमै पनि सुरक्षा नभए कहाँ हुन्छ ? भन्दै आक्रोसितहरु जिल्ला प्रहरी कार्यालय घेराउ गर्न थालेका छन् ।

https://www.facebook.com/spkhabarnepal/videos/1176133936234387

सो क्रममा पटक पटक अवस्था तनावग्रस्त बन्दै गएको थियो । पिडित पक्षका अगुवाहरुले उचित न्याय नपाए आन्दोलन जारी राख्ने बताएका छन् । प्रहरी हिरासतमै मान्छेको ज्यान जाने हो भने सुरक्षित कहाँ रहने भन्दै पिडित पक्षले अस्पताल, जिल्ला प्रहरी कार्यालय देखि सिडिओ कार्यालय सम्म प्रदर्शन र होहल्ला गरेका छन् ।

शुक्रबार बिहान करिब साढे ४ बजेतिर हिरासतको शौचालयमा पासो लगाई आत्महत्या गरेको अवस्थामा उनी भेटिएको र आत्महत्या गरेको हुनुपर्ने धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी गराएका छन् । मृतक लक्ष्मिीनियाँ गाउँपालिका वडा नं. २ का ४० वर्षीय पल्टु रविदास रहेको समेत उनले बताए ।