एसपी रिपोर्टर
जनकपुरधाम, साउन १४ : जनकपुरधामको मुख्य शक्तिपिठ माता राजदेवी मन्दिरमा बनाइएको गार्डेनको समुदघाटन गरिएको छ । श्री महाविर युवा कमिटिका अध्यक्ष सन्तोष कुमार साहको अध्यक्षता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ का सांसद राजेन्द्र महतोको विशेष उपस्थितमा भएको विशेष समारोहका बिच महतोले गार्डेनको समुदघाटन गरेका छन् ।

गार्डेन (र्पाक) सञ्चालनमा आएपछि मन्दिरको सौन्दर्यकरण तथा जनकपुरधामको थप आकर्षण बढेको कमिटिले जनाएको छ । गार्डेन सञ्चालनमा आएपछि पर्यटक तथा चलहपहल समेत बढने बिश्वास लिइएको छ ।





