एसपी रिपोर्टर
महोतरी, साउन १४ :
महोतरीको जलेश्वरमा कोभिड तेस्रो लहरलाई मध्य नजर गर्दै विभिन्न पालिकाहरुलाई स्वास्थ्य सरसमान सहयोग गरिएको छ । जिल्लाको पालिकाहरुमा जीवन रक्षक स्वास्थ्य समाग्री हस्तान्तरण तथा सहयोग गर्ने क्रममा विहिवार जलेश्वर नगरपालिकाको स्वास्थ्य सस्थालाई सेभ द चिल्ड्रेनको सहयोगमा रतौली युवा क्लब मार्फत ति सरसमानहरु हस्तान्तरण गरिएको छ ।

https://www.facebook.com/spkhabarnepal/videos/4209954655748026

करिब १५ लाख बराबरको अक्सिजन शिलिन्डर लगायत फेस शिल्ड, मास्क, सेनिटाइजर, सहित विभिन्न स्वास्थ्य उपयोगी समाग्री जलेश्वर नगरपालिकाका मेयर र जिल्ला समन्वय समिति अधिकारीको रोहवरमा हस्तान्तरण गरिएको रतौली युवा क्लवका कार्यकारी प्रमुख बैद्यनाथ चौधरीले बताए ।