एसपी रिपोर्टर
जनकपुरधाम, असार २६ :
कोरोनोको दोस्रो लहरमा ज्यानको प्रवाह नगरि दिनरात काम गरेको भन्दै जनकपुरधामको जानकी हेल्थ केयर तथा शिक्षण अस्पतालले आफना चिकित्सक देखि सफाईकर्मी सम्मलाई सम्मान गरेको छ । जनकपुरधाममा आज आयोजित विशेष समारोहका बिच अस्पताल परिवारले कोरोनाको दोस्रो कहरमा जनताको सेवा गर्न नडराएको भन्दै अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारी, चिकित्सक, नर्श, सफाईकर्मी सहितकालाई सम्मान गरेको हो ।

पुर्व संघिय स्वास्थ्य राज्य मन्त्री समेत रहेका अस्पतालका सञ्चालक डा. सुरेन्द्र यादवको अध्यक्षता र प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्री साहले कोरोनाको कहरमा जनताको सेवा गर्न आफनो ज्यानको समेत प्रवाह नगरेका चिकित्सक देखि सफाईकर्मी सबैलाई सलाम गरे ।

मन्त्री साहले भने, ‘कोरोनाको दोस्रो कहर डरलाग्दो र खतरनाक सावित भएपनि निजि अस्पतालहरुको सहयोगले जनतालाई राहत महशुस भएकै हो ।’ डर र भयका बिच उपचार नपाएको भए त्राहिमाम अवस्थाको सृजना हुनेथियो बताउदै उनले निजि अस्पतालहरुलाई धन्यवाद दिए । डा. यादवले कर्मनिष्ठताका साथ काम गर्ने अस्पतालका सबै सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

अस्पतालका अनुसार ३६ महिला र ९७ पुरुष गरि कोरोनाका १ सय ३३ विरामीहरुको उपचार गरेको अस्पतालले ६६ जनाको सफल उपचार गर्न सफल भएको छ । वाँकी मध्ये १८ को मृत्यु भएको १५ जना रेफर गरिएको सहितका रहेका छन । ३९ जनालाई मात्र औषधी, ६७ जनालाई अक्सिजन र १७ जनालाई एम भेन्टिलेशनमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।
कार्यक्रममा अस्पताल सञ्चालन समितिका सदस्य तथा प्रदेश सांसद कौशल यादव सहितको सहभागिता थियो ।