एसपी रिपोर्टर
जनकपुरधाम, असार २० :
धनुषाको पुर्वी क्षेत्रका गाँउवासीहरु कमला नदीमा भइरहेको बाढी कटानले त्रसित बनेका छन् । नदीमा आएको बाढी र कटानले सबैला नगरपालिका वडा नं. १३ सहित त्यस क्षेत्रका बासिन्दा भयभित हुदै गएका छन् । कमला नदिमा आएको बाढिले कटान शुरु गर्न थालेको छ । बाँध देखि मात्र २५ मिटरको दुरिमा पानीको बहाब रहेकोले जुनसुकै बेलापनी बाढीले बाँध कटान गर्न सक्ने स्थानीयको अनुमान छ ।

यसैबिच क्षेत्रमा काटान भैरहेको खबर पाए पछि प्रदेशसभा सदस्य किशोरी साह कमल, कमला डिभिजनको प्रमुख लगायत शस्त्र प्रहरी, नेपाल प्रहरीहरु सहितको टोलीले त्यस क्षेत्रको अनुगमन गरेको छ । धनुषा क्षेत्र नं. नम्बर १ ‘क’ बाट विजय भएका प्रदेशसभा सदस्य किशोरी साहले सम्बन्धित निकायलाई तत्कालै समस्या समाधानमा अग्रसर हुन र क्षती नियुनिकरणका सम्पुर्ण उपाय अबलम्वन गर्न आग्रह गरेका छन ।

उनले जिल्ला प्रमुखलाई आपतकालीन बैठक बोलाउन समेत आग्रह गर्दै सांसद साहले बाँध कटान भए भयावह अवस्था हुन सक्ने तर्फ सचेत गराएका छन् ।