एसपी रिपोर्टर
जनकपुरधाम, असार १४ :
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान २०७८को आज एक कार्यक्रम विच शुभारम्भ गर्नु भएको छ । डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका वडा नं.४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रम बाट मुख्यमन्त्री राउतले बर पिपलको रुख रोप्दै अभियानको शुभारम्भ गर्नु भएको छ ।

मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरे लगतै प्रदेशको आठ वटै जिल्लामा एक साथ वृक्षारोपणको शुरुवात भएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियान अन्तर्गत आठ वटै जिल्लाको कुल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ विरुवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. राम चन्द्र कडेलले जानकारी दिएका छन ।

अभियानको शुराम्भका लागी आठ वटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुग्नु भएको छ । अभियानको शुभारम्भ सप्तरीमा समाजिक विकास मन्त्री नवल किशोर साह, सिरहामा अर्थमन्त्री विजय कुमार यादव, महोत्तरीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, आन्तरिक मामिला तथा संचार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, महिला वालवालिका तथा खेलकुद मन्त्री विरेन्द्र कुमार सिंह, रौतहटमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव, पर्सामा उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले गर्नु भ एको छ ।

धनुषाको पुष्पलपुरमा आयोजित कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मिथिला नपाका मेयर हरिनारायण महतो, वन सचिव डा. कडेल सहितको उपस्थिति रहेको थियो ।

एता स्वच्छ समृद्ध तथा हरियाली प्रदेश अभियान अन्तर्गत आज प्रदेश २ का आठै जिल्लामा वृक्षारोपण कार्यक्रम समपन्न भएको छ । सोही कार्यक्रम अन्तरगत धनुषावाट मा. मुख्यमन्त्री लालवावु राउत, सर्लाहीवाट उद्योग,वन तथा पर्यटन मन्त्री मा.रामनरेश राय यादव,सिराहावाट आर्थिक मामिला तथा योजना मन्त्री मा. विजयकुमार यादव तथा सप्तरीवाट सामाजिक विकास मन्त्री मा. नवलकिशोर साहले एकैसाथ वृक्षारोपण गरेका छन ।

सप्तरीको डिभिजन वन कार्यालय रुपनी परिसरमा वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै मन्त्री साहले वदलिदो परिवेशमा वन जोगाउनु मुख्य चुनौती रहेको बताए । मन्त्री साहले वन विनाशकैकारण महामारी जस्ता विपदको सामना गर्नुपरेको वताउनुभयो।कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव ईमनारायण श्रेष्ठ, रुपनी गा. पा. का प्रमुख हरेराम यादव, वन मन्त्रालयका उपसचिव हेमन्त साह, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव, वन अधिकृत रामशिष यादव लगायतका सहभागीता रहेका थिए ।