श्री याज्ञवल्क्य संस्कृत मा.वि.को पृथक सुरुवात, अनलाइन मार्फत कक्षा सुरु


एसपी रिपोर्टर
जनकपुरधाम, असार ६ : जनकपुरधामको ज्ञानकुप स्थित सामुदायिक श्री याज्ञवल्क्य संस्कृत मा.वि. ले अनलाइन मार्फत कक्षा सञ्चालन गर्ने भएको छ । जनकपुरधाम वडा नं. ८ मा पर्ने सो मा.वि.का प्रधानाध्यापक संजय कुमार झाको अनुसार कक्षा ११ का लागि प्रि रजिष्ट्रेशन असार १५ गते सम्मका लागि खुल्ला गरिएको छ ।

विज्ञान, बाणिज्य, संस्कृत र प्राविधिक कम्प्युटर ईन्जिनियरिङ्ग विषय तर्फ कक्षा ११ अध्यन्नका लागि प्रि रजिष्ट्रेशन खुल्ला गरिएको झाले बताए । साथै उनले असार १५ गते देखि अनलाइन कक्षा सुरु हुने समेत जानकारी गराएका छन् । एमएस टिम स्फटवेयर मार्फत अनलाईन कक्षा सुरु हुन गइरहेको उनको तर्क छ ।
प्र.अ. झा बाट विशेष जानकारी
