एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ : धुनषाको मुखियापट्टी मसहरनियाँ गाँउपालिकाको वडा नं. ६ लक्ष्मीपुर स्थित एक निर्माणाधिन पोखरीमा डुबेर स्थानिय पाँचजना अबोध बालिकाहरुको ज्यान गएको घटना सन्दर्भमा क्षेत्रका तिनजना राजनितिज्ञहरुले शोक सन्देश जारी गर्दै घटना प्रति दुःख व्यक्त गरेका छन् ।
सो क्षेत्रबाट निर्वाचित सांसद तथा नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतो सांसद तथा निवर्तमान मन्त्री जुली महतो तथा पुर्व सांसद एवं पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधीले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन र गाँउवासी प्रति समवेदना प्रकट गरेका छन् ।
महतोले घटनको छानबिन र क्षतीपुर्तीको व्यवस्थापन गर्न मांग गरेका छन भने निर्वतमान मन्त्री महतोले समेत जनप्रतिनिधी, प्रहरी प्रशासन र सम्बन्धित निकायलाई गम्भिरता पुर्वक अनुसन्धान गर्न भनेका छन् । निधीले घटना कसैको लापरवाहीका कारणले भएको वा भवितव्य हो भन्दै गम्भिरता पुर्व छानबिन गरि आवश्यक कदम चाल्न मांग गरेका छन् ।





