एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ :
धनुषाको दक्षिणी सिमाबर्ती मुखियापट्टि मुसहर्निया गाउँपालिका वडा नम्वर ६ स्थित एउटै पोखरीमामा डुबेर ५ जना बालिकाको मृत्यु भएको खवर छ । पोखरीमा दुई बालक समेत बेपत्ता भएको भनिएको छ । तर यथार्त विवरण भने आउन अझै वाँकी छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले घटनास्थल पुगेको बताए । सो गाँउपालिकाको वडा नं. ६ लक्ष्मीपुर स्थित खनेको नयाँ पोखरीमा नुहाउन गएकी पाँचै बालिकाको मृत्यु भएको हो । थानिय हुलास यादवको खेतमा खनिएको करिव ९ फिट गहिरो पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानिय पल्टु यादवको १२ वर्षिय छोरी लक्ष्मीनिया यादव, जोगीन्द्र भगतको १० वर्षिय छोरी चन्द्रा भगत, राजगिर पुर्वेकी अन्दाजी वर्ष १३ की मञ्जु पुर्वेm जगरनाथ ठाकुरकी नातिनी वर्ष १२ की चाँदनी ठाकुर र उतिम साह तेलीकी छोरी १२ वर्षिय ललिता साह तेली रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनकाएको छ ।