एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ २५ : प्रदेश २ मा मन्त्री मण्डल हेरफेरका बिषयमा जसपा अध्यक्ष उपेन्द्र यादव र कांग्रेस उपसभापति विमलेन्द्र निधी बिच भेटवार्ता भयो र त्यसै दिन साँझ यादव जनकपुरधाम आए । सबैले प्रदेश २ मा खेला हुन लागेको सुइको पाइसकेकै बेला मुख्यमन्त्री लालबाबु राउतले ठाकुर पक्षमा रहेका एक मन्त्री र ३ राज्यमन्त्री सहितलाई पदमुक्त गरे ।
ठाकुर पक्षका प्रभावशाली र प्रदेशका शिर्षनेता समेत रहेका जितेन्द्र सोनल त्यसको भोली बिहानै क्वाटर खाली गर्दै गर्दा छेउमै रहेको समाजिक विकास मन्त्री नवलकिशोर साह (हाल उपेन्द्र समुह) को निवासमा कांग्रेससंगको वार्ताका लागि मन्त्री साह, अर्का मन्त्री शैलेन्द्र साह र रामनरेश राय छलफलमा थिए । उनीहरुलाई कांग्रेस संग वार्ता गर्न जिम्मेवारी दिएको र त्यस दिन अर्थात सोमवार विहान र बेलुका गरि कांग्रेससंग दुई चरणमा वार्ता समेत भयो ।
सुरुमा मुख्यमन्त्री नै दाबी गरेका कांग्रेस त्यसपछि नम्र भए महत्वपुर्ण ३ मन्त्रालयमा दावी गरे । पछि मुख्यमन्त्रीबाट केहि पछि हटेको तरपनि वार्तामा मन्त्रालयको भागबण्डामा सहमती हुन नसकेको कांग्रेस र माओवादीले क्रमश ३ र २ मन्त्री र राज्य मन्त्री मागेको तर मुख्यमन् त्रीले कांग्रेसलाई दुई र माओबादीलाई एक मन्त्री तथा केहि राज्यमन्त्री दिन सक्ने बताएको दावी सहितको समाचारहरु बाहिरए ।
यहाँ सम्म कि सोमबार राती नभए मंगलवार बिहान सम्म नै मन्त्री परिषद बिस्तारको हल्ला फैलियो तर विस्तारै सबै कुरा सेलाउदै गएको छ ।
यस्तो छ भित्री कुरा
सोमवार उपेन्द्र यादव बाहिर रहेकै बेला देउवा, प्रचण्ड र नेपालको दुई चरणमा छलफल भयो । पहिला प्रचण्डले देउवा र नेपाललाई भेटे भने त्यसपछि तिनैजनाको छलफल भयो । त्यस भेटमा कांग्रेस सभापति देउवा प्रदेश २ को मुख्यमन्त्री सिधै आफुहरुलाई दिनु पर्ने मांग गरे ।
अन्य प्रदेशहरुमा एमाले र माओबादीको मुख्यमन्त्री रहेकाले बाँकी एकमात्र प्रदेश २ मा कांग्रेसले नेतृत्व दावी गरेको स्रोतको बुझाई छ । त्यसपछि प्रचण्ड र नेपाल छलफल गर्नुपर्ने बताएको र देउवाले प्रदेश २ मा अहिले कुनै सहमती नर्गन नेताहरुलाई सुझाएको बताइन्छ ।
राजपा सकारात्मक
तत्कालिन राजपा भने कांग्रेसलाई मुख्यमन्त्री दिन ग्रिन सिग्नल देखाएको राजपा नेताले बताए । एमाले कांग्रेस र राजपा मिलेर सरकार बनाउँदा मुख्यमन्त्री कांग्रेसलाई मान्न तयार रहेको त्यस नेताको भनाई छ । कतिपयले मित्र राष्ट्रले समेत फोरम, कांग्रेस र माओबादीको सरकार बन्दा प्रदेश २ मा भद्रगोल हुने हुदा त्यसो भएको हेर्न नचाहेको टिप्पनी गर्छन । संघिय संसद विघटनको मुद्दा न्यायालयमै रहेका बेला सरकारमै सहभागि भएको झोकमा राजपालाई अलग गरिए संघिय सरकार मार्फत राजपा पक्षले प्रदेशमा कडा कदम चाल्न लगाउने संकेतको समेत विश्लेषण मधेशमा हुन थालेको छ ।





