एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २१ :
प्रादेशिक अस्पताल जनकपुरधामलाई लगभग १ करोड २५ लाख बराबरको स्वास्थ्य समाग्रीहरु हस्तान्तरण गरिएको छ । नेपालमा सन २०१० देखि मातृ तथा नवजात शिशु स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको वान हार्ट वल्ड वाइड नामक अन्तराष्ट्रि गैर सरकारी संस्थाले कोरोना महामारीबाट लडन तथा उपचारलाई प्रभावकारी बनाउन सो परिमाणको सरसमानहरु हस्तान्तरण गरेको हो ।

आज एक कार्यक्रमका बिच वल्र्ड वाइडका वरिष्ठ कार्यक्रम संयोजक निलेश कुमार प्रवानाले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रमोद कुमार यादवलाई सो सरसमानहरु हस्तान्तरण गरेको हो । ब्याट्रीले चल्ने प्रोटेबल अक्सिजन कन्सन्ट्रेटर, फेस शिल्ड, एन ९५ मास्क सहितका सरसमानहरु उपलब्ध गराइएको प्रवानाले बताए । मेसु यादवले सहयोगका लागि वल्र्ड वाइडलाई धन्यवाद दिएका छन् ।