एसपी रिपोर्टर
काठमाण्डौं, जेठ २१ : नवनियुक्त उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति समक्ष पदभार पद तथा गोपनियताको सपथ लिएसँगै महतोले पदभार ग्रहण गरेका हुन् ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्दै महतोलाई उपप्रधानसहित सहरीविकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् । त्यस्तै जसपाबाट २ राज्यमन्त्रीसहित ८ जनाले विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका छन् ।





