एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २१ : एमालेका पोलिटब्युरो सदस्य रघुविर महासेठ नेपाल सरकारको उपप्रधान तथा परराष्ट्रमन्त्री जस्तो गरिमामय पदमा नियुक्त भएपछि जनकपुरधाममा पाटाका उत्सव मनाइएको छ । समाजिक दुरी कायम गरि एमालेका जिल्ला कमिटि सदस्य तथा युवा नेता सुरेन्द्र भण्डारीको अगुवाईमा जनकपुरधामको रामचौकमा युवाहरुले पाटाका उत्सव मनाएको हो ।

उनीहरुले भने, ‘हाम्रो विकास प्रेमी नेता उप–प्रधानमन्त्री बन्नु भयो अब प्रधानमन्त्री बन्नुहोस भन्ने शुभकामना छ ।’ धनुषाबाट दुईवटा उप प्रधान सहित तिन मन्त्री एउटै मन्त्री परिषदमा पाउनु शौभाग्य रहेको भन्दै आफुहरुले खुसी मनाएको भण्डारीले बताए ।

सो अवसरमा श्री गणेश युवा कमिटिका अध्यक्ष सन्तोष महतो, पुर्व अध्यक्ष सन्तोष साह, युवा अगुवा गणेश साह सहितका युवाहरुको सहभागिता रहेको थियो ।





