एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ २० :
नेकपा एमालेको युवा दस्ता युवा संघ नेपालले कोरोनाकालमा हुने भनिएको राष्ट्रिपति तथा प्रधानमन्त्री विरुद्वको कुनै पनि गतिविधी सह्य हुन सक्ने भन्दै कडा प्रतिवादमा उत्रन निर्देशन दिएको छ ।

संघको नेतृत्वले प्रदेश २ सहितका देशका केहि स्थानमा मात्र योजना तहत त्यस्ता गतिविधी हुन सक्ने भनि सुचना आएकाले त्यस विरुद्व जाइ लाग्न निर्देशन दिइएको संघका केन्द्रिय उपाध्यक्ष संजिव झा सुरजले बताएका छन् ।

झाले समाजिक सञ्जालमा लेखेका छन, ‘प्रधानमन्त्री विरुद्वको कुनै पनि कदम विरुद्व जाइ लाग्नोस, हामी साथ छौैं ।’ जसपाको उपेन्द्र पक्षले कोरोनाकालमा समेत प्रधानमन्त्रीको पुत्ला दहन जस्ता गतिविधी गर्न थालेपछि युवा संघको यस्तो प्रतिक्रिया आएको हो ।