एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ :
कोरोना भाइरसवाट बच्न र संक्रमण भेटिएपछि हुन सक्ने जोखिमलाई लिएर जनकपुरधाम उपमहानगरपालिकाकाले विभिन्न प्रयास थालेको छ । पमहानगरपालिकाका प्रमुख लाल किशोर साहले उपमहानगर भित्रका सम्पुर्ण स्वास्थ्य कार्यालयलाई एलर्ट गराइएको बताउदै संक्रमण बाट हुन सक्ने ओइसोलेसनको अभावलाई मध्येनजर गर्दै बन्द रहेको मनिपाल शिक्षण अस्पतालको भवनलाई आइसोलेशनका रुपमा तयार गर्न निरिक्षण गरिएको बताए । कोरोनाको शंका लागेका विरामीहरुलाई राख्न मनिपाललाई आइशोलेसनको रुपमा तयार गरिने उनको भनाई छ । मणिपाललाई कवारेन्टाईन बनाएर शंकाष्पद विरामीलाई त्यहाँ १४ दिनसम्म राख्ने व्यवस्था मिलाइने छ । संक्रमण पाइएमा जानकी मेडिकल कलेज, प्रादेशिक अस्पताल र सिटी अस्पतालको आइसोलेशनमा राखिने छ ।

कोरोना भाइरस कोभिड–१९ विश्व व्यापी महामारीको रूपमा विश्वका १ सय ८६ देशमा फैलिसकेको छ । नेपाल र प्रदेशमा अहिले सम्म संक्रमणको पुष्टी नभए पनि संक्रमण पता लागेपछिको तयारी अवस्था समेत आवयश्क रहेकाले तयारी थालिएको हो । अवलोकनमा जनकपुरधामकी उपप्रमुख, वडा अध्यक्ष, स्वास्थ्य निर्देशनालयका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधीहरुको उपस्थिती थियो । शंका लागेको व्यतmीलाई छिटटै उपचार गराउन उपमहागनरपालिकाले आइतवार देखि टोल फ्रि नम्बर शुरु गर्न लागेको समेत मेयर साहको भनाई छ । प्रदेश सरकारको मुख्यालय मधेश भवन प्रवेशद्वारमा कोरोना सर्तकता अपनाइएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणको सचेतनाका लागि मधेश भवनको ३ नं. प्रवेशद्वारमा सुरक्षाकर्मीहरु प्रवेशगर्नेहरुको तापक्रम नाप्न थालेका छन् ।

एता जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत कोरोना परिक्षणमा खटेको डा.संतोष कुमार साहले सुरक्षाकर्मीहरुलाई कोरोना बारे प्रशिक्षण दिइरहेका छन् । अहिलेसम्म नेपालमा कोरोना भाईरसको संक्रमण नदेखिएपनि सुरक्षा र भाईरसबाट बच्ने उपाय सम्वन्धी तालिम प्रदान गरिदै छ । तालिममा मास्क लगाउने, हात धुने, सेनेटाइजरको प्रयोग रोगको देखापर्ने लक्ष्ण र उपचारको विषयमा जानकारी दिइदै छ । दम फुल्ने, रुघाखोकी लाग्ने, एक्कासी ज्वारो लाग्ने, दिशा पातलो आउने जस्ता लक्ष्णहरु देखिएपछि उपचारमा ध्यान दिनुपर्ने तालिममा सहभागि चिकित्सको भनाई छ । यो रोगबाट सुरक्षित रहन र अरुलाई कसरी बचाउने लक्ष्ण देखिए नजिकको अस्पतालमा पु¥याउने, भेला नगर्ने, भिडभाड क्षेत्र जस्तै बजारहरुमा अनावयश्क नजाने सर्तकताका विषय हुन । सकभर बजारको खानेकुरा पनि बढि नखाने बानी बसाउन आवयश्क छ ।