सुमन साह
सबैला, जेष्ठ १३ :
स्थानिय जसपाका नेता तथा स्थानियहरुले धनुषाको सबैला नगरपालिकाका मेयर विजय शंकर साह सवार स्कार्पियोको साँचो खोसेका छन् । मेयर साहले स्थानिय मुद्दाहरु सम्बोधनका लागि केहि गर्न नसकेको भन्दै जसपाका नगर अध्यक्ष तथा उद्योग बाणिज्य संघ सबैलाका अध्यक्ष रामचन्द्र जयसवालको नेतृत्वमा स्थानियहरु स्कार्पियोको साँचो खोसे पछि केहि वेर मेयर साह त्यही राकिए ।

(13) Facebook

स्थानिय सबैला बजारको बिच भएर बग्ने खोलाको सरसफाई र भेपर लाइट जडानमा कुनै चासो नदिएपछि आफुहरुले यस अगाडि विरोध गरेपछि मेयर साहले सवै काम गर्ने भनिएपनि असार मसान्त बित्न लाग्दा समेत केहि नभएको भन्दै उनीहरु आक्रासित भएका हुन । कसैको गाडी रोक्न हुदैन प्रहरीले दिएको तर्कमा उनीह्रुले भन्दै थिए, ‘यो कसैको गाडी होइन हाम्रो नगरपालिकाको गाडी हो चाहियो भने अहिले एम्बुलेन्स बनाउछौं ।’

नगरपालिकामा सफाईकर्मीले तलब खाएका छन, जयसवालले भने, ‘ट्रयाक्टर छ, सफाई कर्मी छ तर सफाई कतै छैन ।’ एता मेयर साहको भने बेग्लै तर्क छ । उनले भने, ‘कर्मचारीको ठेकान छैन, वडा अध्यक्षहरु आफनै मतलवका छन, उपमेयरको आफनै राजनिति छ एक्लै के गर्ने ?’ केहि वेरको बहस पछि पुनः साँचो फकाईएपछि मेयर साह आफनो गन्तब्य तर्फ लम्किए ।