पुरन रौनियार
जनकपुरधाम, जेष्ठ १२ :
प्रधामन्त्री केपि शर्मा ओलीको भोकभोकै र उपचारको अभावमा कसैको पनि ज्यान नजाने भाषणवाजीकै बेला समान्य त समान्य चर्चित कलाकारका परिवारजन समेत उपचार नपाएर मृत्युवरण गरिरहेको छ । यति वेला नेपाली कमेडियनका रुपमा चर्चित आदर्श मिश्रका पिता मृगौलाको डायलाशिसको अभावमा मृत्युवरण गरेको खवर समाजिक सञ्जालमा ब्याप्त छाएको छ ।

पर्साको बिरगंज स्थित नेशनल मेडिकल कलेजमा चार वर्ष देखि डायलाशिस गराइरहेका उनका पिता बिनोद मिश्राको डायलाशिस अभावमा मृत्यु भएको उनले समाजिक सञ्जालमा आफना पिडा र दुःख रुदै व्यक्त गरेका छन् । उनको यो भिडियो समाजिक सञ्जालमा छाएको छ । कोरोनाको यस्तो कहरमा आएर नेशनल मेडिकल कलेजले अव हामी डायलाशिस गर्न सक्दैनौ भन्दै निकालिएपछि नारायणी अञ्चल अस्पताल पुगेको तर त्याहाँ पनि नगरेपछि बुवाको मृत्यु भएको आर्दशले भिडियोमा भनिरहेका छन् ।

हेर्नोस भिडियो

(15) Facebook

उनले भनेका छन, ‘कोरोनाको जस्तो सुकै विरामीलाई डायलाशिस गर्छु भनेर भाषण गरेको नारायणी अस्पतालले नेशनल मेडिकलको विरामीलाई उसैले डायलाशिस गर्नुपर्छ हामी गर्दैनौं भनेर गर्न नमानेपनि बुवा गुमाउनु परयो ।’ साथै उनको भारत बस्ने सानीआमाले मृगौला दान गर्न चाहेपनि नारायणी तथा एनएमसी अस्पतालले संविधान र कानुन विपरित अन्य देशका नातेदारको मृगौला प्रत्यारोपन गर्दैनौं भन्दै उपचार गर्न नमानेको समेत फेसबुकमा उनका सर्मथकहरुले आक्रोस व्यक्त गर्दै लेखेका छन् ।

(20+) Facebook