एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ ८ : निति उपाध्यक्ष प्रदेश २ का पुर्व उपाध्यक्ष डा. हरिवंश झाको पहलमा परोपकारी संस्था क्लोथ बैंकलाई प्राप्त भएको कोभिड–१९ का औषधीहरु अस्पतालहरुलाई हस्तान्तरण गरिएको छ डा. झाको पहलमा भारतमा कार्यरत उनका सुपुत्र, सुपुत्री र ज्वाँईहरुको सौजन्यमा भारतको चर्चित अस्पतालहरुमा कोभिडका विरामीहरुमा प्रयोग हुने औषधीहरु क्लोथ बैंकलाई सहयोग गरिएकोमा बैंकले जनकपुरधाममा निःशुल्क उपचार सेवा प्रदान गरिरहेको प्रादेशिक अस्पताल र जानकी मेडिकल कलेजलाई सो औषधीहरु प्रदान गरिएको छ ।
सय जनाको औषधी मध्ये ४०/४० जना गरि दुवै अस्पताललाई औषधी वितरण गरिएको बैंकका अध्यक्ष राजिव झाले बताए । भारतको मुख्य अस्पतालहरुमा हाल कोभिडका विरामीहरुको उपचारमा प्रयोग हुने औषधीहरु क्लोथ बैंकलाई उपलब्ध गराइदिनु भएकोमा अध्यक्ष झाले डा. हरिवंश झालाई धन्यवाद दिएका छन् । डा.झाका ज्वाँइहरु कौशल किशोर झा, रितेश चौधरी र सुपुत्र बालकृष्ण झाको सौजन्यमा सो औषधीहरु प्लेनले दरभंगा आएको र दरभंगाबाट जटही पुरयाइ दिएपछि बैंकका अध्यक्ष झा र सहयोगी युवा नेता राजु चौधरी नाकामा पुगेर औषधी ल्याएका थिए । क्लोथ बैक अक्सिजन ब्यबस्थापन समितिका पदाधिकारी युवा नेता चौधरीको समेत प्रयासमा औषधीको उपलब्धता हुन सकेको छ ।
औषधी जानकी मेडिकल कलेजका प्रबन्ध निर्देशक श्री मनिष पाण्डेलाई हस्तान्तरण गरिएको छ भने प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्टलाई भोली औषधी प्रदान गरिने छ ।
हेर्नोस औषधीको विवरण






