एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ ७ :
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोको विशेष पहलबाट देश र जनता प्रतिको उतरदायित्व निर्वाहका लागि स्वास्थ्य मन्त्रालयलाई विभिन्न समाग्री हस्तान्तरण गरिएको छ । कोरोना महामारीबाट जनताको ज्यान जोगाउने कामलाई सबभन्दा बढी प्राथमिकतामा राखि प्रदेश २ सहितका साथै विभिन्न क्षेत्रका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाल रेडक्रस र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा मन्त्री महतोले स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई अक्सिजन सिलिन्डर १४०० थान, थर्मलगन १०१२ थान, पल्स ओक्सिमिटर १०१२ थान, पिपिई सेट १२२५ थान सहितका सरसमानहरु नेपाल सरकारको संघिय स्वास्थ्य मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरिएको मन्त्री महतोका स्वकीय सचिव सञ्जित मण्डलले जानकारी दिए ।

सो सरसमाहरु प्रदेश २ सहितका देशका अन्य प्रदेशहरुमा पठाइने छ । महामारीको बेला जनताको ज्यानलाई सबैथोक बुझी विभिन्न माध्यमबाट सो सहयोग उपलब्ध गराईएको उनले mबताए । उक्त सामग्री प्रदेश् २ सहित अनय ४ जिल्लामा उपयोग गरिने मण्डलले बताए ।

हर्नोस सरसमानहरुको विवरण