एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ४ : कोरोना संक्रमणवाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न कठिनाई भए पछि जनकपुरका युवाहरु समेत सो कार्य गर्न थालेका छन् । लकडाउनवाट पिडितहरुलाई राहत देखि गरिवलाई भोजन, स्वास्थ्य समाग्री, संक्रमितलाई उद्दार देखि अस्पताल पुरयाउने काममा समेत सक्रिय यहाँका युवाहरु मृत्यु भएपछि शव व्यवस्थापनमा समेत जुटेका छन् ।
नेपाली सेना, सुरक्षाकर्मी सहित अस्पताल तथा कोभिड १९ मा खटिएका कर्मचारीहरुले शव उठाउन नभ्याए पछि सहयोगको उद्धेश्यले परिवर्तनका लागि युवा अभियानका टिमले प्रादेशिक अस्पताल जनकपुरधामवाट एक युवाको शव व्यवस्थापन गरेका छन् । सोमवार राकेश विक्रमको टिमले उद्दार गरेको युवाको उपचारको क्रममा मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्न युवाहरु सुशील कर्ण, मोहन रौनियार, किसान मण्डल, मनिष सिंह लगायत अगाडि आए । यूवा समुहले युवकको शव जनकपुरधामको स्र्वगद्वारीमा हिन्दु परम्परा अनुसार शव व्यवस्थापन गरेका हुन् ।
करोनाको यस महामारीमा हामीलाई सम्झ्ने हरेक व्यक्तिको समस्या हामीले सकेसम्म सहयोग गरि समाधान गर्ने गरेका छौं युवा मोहन रौनियारले बताए । कोरोना संक्रमण भएपछि आफन्त पनि छुन डराइरहेको अवस्थामा माथीको तस्वीर साचिकै साहसिक कामलाई दर्शाइरहेको छ ।
कोरोनामा कसैले कसैलाई नछुने, नजिक नआउने र डराउने यस विषय परिस्थतीमा युवाहरुको समाजको आपसी सदभाव, सहयोग र एकता स्पष्ट गर्दछ । विषम परिस्थतीमा एक अर्कालाई बिना सहयोग समाज अगाडि बढन सक्दैन । युवाहरु परिवर्तनका लागि युवा अभियान टिममा आवद्व भई यस्ता समाजिक परोपकारका काम गर्दै आएको छ ।





