एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ४ :
परोपकारी संस्थाको रुपमा रहेको क्लोथ बैंक नेपाललाई विवादमा ल्याउने उदेश्यले केहि असमाजीक तत्वले भ्रमपुर्ण प्रचारवाजीमा लागेको संस्थाले आरोप लगाएको छ । क्लोथ बैंक नेपालले मंगलवार एक प्रेश विज्ञप्ती जारी गर्दै विभिन्न समाजीक कार्यका लागि गुठी संस्थानसंग लिजमा लिई भवनको करिव डेढ महिना अगाडि देखि निर्माण कार्य सुरु भएपनि लकडाउनमा काम नपाएका केहि तत्वहरु लकडाउनकै बिच यसलाई भ्रमपुर्ण रुपमा प्रचारवाजी गरेको बैंकले विज्ञप्ती माफर्त जानकारि गराएको हो ।

क्लोथ बैंक समाजका लागि अक्सिजन पलान्ट मात्र नभई भविष्यमा जन्मे देखि २० वर्ष मुनिका क्यान्सर पिडित बच्चाहरु तथा हृदय रोगीहरुलाई निःशुल्क उपचार गर्ने योजना सहित सो भवन दिर्घकालिन सोचका साथ निर्माण गरिरहेको संस्थाका अध्यक्ष राजीव झाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । जनकपुरधाममा बिना काम, मात्र नामका संस्थाहरु अनावयश्क रुपमा गुठीका सार्वजानिक जग्गाहरु कब्जा गरेको र गरिरहेको सन्दर्भमा काम देखाएर परिचय बनाएको यस बैंकको लागि सहज ठाँउमा भवन निर्माण हुनु के गलत हो भन्ने प्रश्न तेर्साउदै सवै राजनितिक दलको सामुहिक सदभाव र ति सवै पार्टीका प्रतिनिधीहरु समेत अभियानी रहेका बैंकलाई चौतर्फी सहयोग भए यस्ता धेरै सेवा समाजलाई निशुल्क प्रदान गर्ने प्रतिवद्वता समेत बैंकले विज्ञप्ती माफर्त जाहेर गरेको छ ।

कपडाको बैंक यो क्लोथ बैंक नेपाल कोभिड–१९ को प्रभाव र संकट संगै निशुल्क चिकित्सकीय परामर्श, औषधी, कोभिड किट सहित निशुल्क अक्सिजन सेवा समेत सुरु गरयो जस्का कारण बैंक समाजिक स्तरमा आफनो परिचय स्थापित गर्न सफल भएको र बैंक सवैको सहजता हुने स्थलमा हुनुपर्ने भएकाले हालको तिरहुतिया गाछीको कम्पाउन्ड वाल वाहिर उपयोग विहिन रहेको केहि जग्गामा कपडा बैंकको स्थापना गर्ने उद्देश्यले गुठी संस्थानबाट लिज एग्रीमेन्ट गराई नयाँ भवन निर्माण कार्य केहि महिना अगाडि देखि नै सुरु गरेको जनाइएको छ ।

गुठी संस्थान जनकपुरधामका प्रमुख कोभिड संक्रमित भएकाले भवन निर्माणका केहि प्राविधिक कामहरु गर्न समेत वाँकी नै रहेको ले बैंकको हाल निर्माणाधिन भवन कित्ता नंं. २५ मा रहेको तथा सोहि कित्तामा हाल नेपाल पत्रकार महासंघ धनुषा, जउनपाको वडा नं. ४ को कार्यालय, कृषि बजार, पाँउरोटी फयाक्ट्री, फलफुल बजार र गोदाम तथा व्यावसायीक प्रयोजनका पसलका सटरहरु रहेको समेत रहेको छ । हालको एतिहाँसिक तिरहुतिया गाछी कित्ता नं. ५२ मा रहेको सोहि कित्ताको जमिनमा हालको नेपाल राष्ट्र बैंकको गेष्ट हाउस र महेन्द्रनारायण निधी प्रतिष्ठानको भवन समेत निर्माण भएको छ ।

गरिव विपन्न तथा नहुनेका लागि निशुल्क कपडा सहयोग गर्ने कपडा बैंकको रुपमा स्थापना गरिएको परोकपकारी संस्था हो । कपडा बैंकको लागि केहि कोठा सहितको स्थान अभाव भएपनि सहयोगी हातहरुले तत्कालिन जिल्ला विकास समिति हालको जिसस भवनमा कोठाको व्यवस्थापन गरिदिए पछि सेवाको थालनी संस्थागत हुन गएको बैंकका अध्यक्ष राजीव झाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रेस विज्ञप्ती

आदरनिय जनकपुरधामवासी तथा जनसमुदाय,

क्लोथ बैंक नेपाल गरिव विपन्न तथा नहुनेका लागि निशुल्क कपडा सहयोग गर्ने कपडा बैंकको रुपमा स्थापना गरिएको परोकपकारी संस्था हो । तर समय र परिस्थिीका कारण हाम्रो समाजिक परोपकारी निशुल्क सेवाहरुको विस्तार बाध्यात्मक परिस्थतीसंग विस्तार हुदै गएको कुरा यहाँहरु माझ सर्वविदितै छ । धनुषा जिल्लाका तत्कालिन सिडिओ श्रीमान प्रदिप राज कणेलको देश विदेश सहितको अनुभवको आधारमा यस बैंकको स्थापना उहाँहरुककै संरक्षकत्वमा भएको पनि यहाँहरुलाई अवगत नै छ । हामी जाडो र शितलहरमा कपडा अभाव भएकाहरुलाई उहाँहरुको टोल, बस्ती र सुतिरहेको फुटपात सम्म आफै पनि पुगेर कपडा सहयोग गरेकै हौं । कपडा बैंकको लागि केहि कोठा सहितको स्थान अभाव भएपनि सहयोगी हातहरुले तत्कालिन जिल्ला विकास समिति हालको जिसस भवनमा कोठाको व्यवस्थापन गरिदिए पछि हाम्रो सेवाको थालनी संस्थागत हुन गयो ।

परिस्थिती यस्तो आयो कपडाको बैंक यो क्लोथ बैंक नेपाल कोभिड–१९ को प्रभाव र संकट संगै निशुल्क चिकित्सकीय परामर्श, औषधी, कोभिड किट सहित निशुल्क अक्सिजन सेवा समेत सुरु गरयो जस्का कारण बैंक समाजिक स्तरमा आफनो परिचय स्थापित गर्न सफल भएको छ । यो कपडाको बैंक रहेको र बैंक सवैको सहजता हुने स्थलमा हुनुपर्ने भएकाले हालको तिरहुतिया गाछीको कम्पाउन्ड वाल वाहिर उपयोग विहिन रहेको केहि जग्गामा कपडा बैंकको स्थापना गर्ने उद्देश्यले हामी गुठी संस्थानबाट लिज एग्रीमेन्ट गराई नयाँ भवन निर्माण कार्य केहि महिना अगाडि देखि नै सुरु गरेका छौं । गुठी संस्थान जनकपुरधामका प्रमुख कोभिड संक्रमित भएकाले भवन निर्माणका केहि प्राविधिक कामहरु गर्न समेत वाँकी नै रहेको छ । बैंकको हाल निर्माणाधिन भवन कित्ता नंं. २५ मा रहेको तथा सोहि कित्तामा हाल नेपाल पत्रकार महासंघ धनुषा, जउनपाको वडा नं. ४ को कार्यालय, कृषि बजार, पाँउरोटी फयाक्ट्री, फलफुल बजार र गोदाम तथा व्यावसायीक प्रयोजनका पसलका सटरहरु रहेको समेत जानकारी गराउन चाहन्छु । हालको एतिहाँसिक तिरहुतिया गाछी कित्ता नं. ५२ मा रहेको सोहि कित्ताको जमिनमा हालको नेपाल राष्ट्र बैंकको गेष्ट हाउस र महेन्द्रनारायण निधी प्रतिष्ठानको भवन समेत निर्माण भएको जानकारी गराउन चाहन्छौं ।

हाम्रो भवनको करिव डेढ महिना अगाडि देखि निर्माण कार्य सुरु भएपनि लकडाउनमा काम नपाएका केहि तत्वहरु लकडाउनकै बिच यसलाई भ्रमपुर्ण रुपमा प्रचारवाजी गरेको कुरा अवगत गराउन चाहन्छौं । क्लोथ बैंक समाजका लागि अक्सिजन पलान्ट मात्र नभई भविष्यमा जन्मे देखि २० वर्ष मुनिका क्यान्सर पिडित बच्चाहरु तथा हृदय रोगीहरुलाई निःशुल्क उपचार गर्ने योजना सहित सो भवन दिर्घकालिन सोचका साथ निर्माण गरिरहेको पनि जानकारी गराउन चाहन्छौं । जनकपुरधाममा बिना काम, मात्र नामका सांस्थाहरु अनावयश्क रुपमा गुठीका सार्वजानिक जग्गाहरु कब्जा गरेको र गरिरहेको सन्दर्भमा काम देखाएर परिचय बनाएको यस बैंकको लागि सहज ठाँउमा भवन निर्माण हुनु के गलत हो ? सवै राजनितिक दलको सामुहिक सदभाव र ति सवै पार्टीका प्रतिनिधीहरु समेत अभियानी रहेका बैंकलाई चौतर्फी सहयोग भए यस्ता धेरै सेवा समाजलाई निशुल्क प्रदान गर्ने हामी प्रतिवद्वता जाहेर गर्न चाहन्छौं । वाँकी रहेका प्राविधिक कामहरु पुरा नहोउन्जेल सम्म सो भवन तत्कालका लागि अक्सिजन शिलिन्डर भण्डारणका लागि मात्र प्रयोग हुने समेत जानकारीका लागि अनुरोध छ ।

अध्यक्ष
राजिव झा
क्लोथ बैंक नेपाल, जनकपुरधाम