चाँदनी झा
जनकपुरधाम, जेठ ३ :
चिनवाट ल्याइएको २ सय अक्सिजन शिलिन्डर जनकपुरधाम ल्याइदै छ । नेपाल सरकारकी महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महतोको पहलमा दुईसय थान अक्सिजन शिलिन्डर जनकपुरधाम ल्याउन लागिएको हो । मन्त्री महतोका स्वकीय सचिव संजित मण्डलका अनुसार शिलिन्डरहरु गाडीमा अपलोड भइरहेको र आजै अवेर राती पुग्ने छ ।

एसपी खवरसंगको कुराकानीमा मन्त्री महतोले थप दुईसय शिलिन्डरहरु केहि दिनमै जनकपुरधाम पुरयाइने बताइन् । उनले भनिन, ‘म सक्दो बढी भन्दा बढी भन्टिलेटर र थप दुईसय अक्सिजन शिलिन्डर पठाउने काममा लागेकी छु ।’ यस विषम परिस्थतीमा सवै जना हौसला बुलन्द गरि आपसी सहयोग र सदभावका साथ जिल्लामा बस्न उनले आग्रह गरेकी छन् ।

यसको शिलिन्डरहरु जिल्ला अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय र प्रदेश आपुर्ति केन्द्रमा हुने र त्यहाँबाट आवयश्कताको हिसावले वितरण हुने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।