एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३१ :
धनुषाको रघुनाथपुरका युवाहरुले सञ्चालन गरिरहेको स्थानिय रघु श्री बचत तथा श्रृण सहकारी संस्था लिमिटेडले क्लोथ बैंक नेपालको अक्सिजन बैंकलाई ३१ ह्जार ५ सय रुपैया सहयोग गरेको छ । क्लोथ बैंकका उपाध्यक्ष रघुनाथपुरवासी पुरन गुप्तालाई सम्पर्क गरि रघु श्री सञ्चालक समितिले क्लोथ बैंकको जिवन बचाउने अभियान साँझा बनाउनु पर्ने भन्दै सो सहयोग गरेको हो ।

सञ्चालनक समितिका सवैले फोन गरि भने, ‘पवित्र कामको लागि बैंकको टिमलाई धन्यवाद तिनवटा शिलिन्डर किन्न हामी ३१ ह्जार ५ सय सहयोग गर्छौ ।’ सञ्चालक समितिका जगदिश पुर्वे, विरेन्द्र कुमार महतो, मनोज कुमार महतो, फुलगेन कुमार महतो र विरेन्द्र कुमार महतोले बैंकको परोपकारी अभियाहरु देखेर सुनेर एकदमै खुसी लाग्ने गरेको र सो काममा गाँउको एकजना भाइको समेत सहभागिताले झनै हर्षित बनाएको बताए ।

आ–आफनो क्षेत्रमा अनुभवि र देश विदेशमा काम गरिसकेका युवाहरुले रघुनाथपुरमा सामुहिक नेतृत्व विकासका लागि रघु श्री सञ्चालन गर्दै आएको छ ।