जानकी रमण झा
जनकपुरधाम, बैशाख ३० : क्लोथ बैंकका अध्यक्ष राजिव झाको मोबाइलमा राती १२ः३० बजे काठमाण्डौंवाट भिभिआइपीको फोन आयो ‘मिथिला हस्पिटलमा मेरो एकजना मान्छे छ प्लीज बचाइदिनु पर्यो ।’ त्यसपछि सोहि हस्पिटलमा अन्य विरामीलाई समेत अक्सिजनको आवयश्कता रहेकोले तिनवटा सिलिन्डर मिथिला हस्पिटलमा पुरयाइयो ।
संक्रमितको उपचार गरिरहेको काब्या होस्पिटलमा २९ जना विरामी अक्सिजनको सर्पोटमा उपचारार्थ रहेको तर हस्पिटलमा विहिवार विहान ३ बजे सम्म मात्र पुग्ने अक्सिजन रहेको दुःखेसो सहित राती १ बजे जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठलाई लिएर पिडितहरु अध्यक्ष झाको घर सम्मै पुगे सो होस्पिटलमा पनि ३ वटा अक्सिजन पुरयाइयो ।

विहिवार विहान २ देखि ३ बजे सम्म समेत चन्द्रकला अस्पतालवाट विरामीका पिडितहरु अक्सिजन खोज्दै घरमा आएर विलौना गर्न थालेपछि त्यहाँ पनि २ वटा शिलिन्डर व्यवस्थापन गरेको अध्यक्ष झाले बताए । अक्सिजन अभावले अनेकन अस्पतालमा विरामीहरुको धमाधम मृत्यु भइरहेको भएपनि तिनैतहको सरकार अक्सिजन व्यवस्थापनको सवालमा मौन देखिएका छन् ।
अध्यक्ष झाले बैंक जस्तै अन्य संस्थाहरुलाई समेत अक्सिजन व्यवस्थापन अभियानमा लाग्न र क्लोथ बैंकको अक्सिजन अभियानमा सहयोग गर्न सवैमा आग्रह गरेका छन् ।





