चाँदनी झा
जनकपुरधाम, बैशाख २२ : जनकपुरधाम उपमहानगरपालिकाको मुझेलिया स्थित बिना प्रयोगमा रहेको मणिपाल शिक्षण अस्पतालको भनवलाई कोभिड अस्पताल बनाईने कार्य विधिवत सुरु भएको छ । यसको लागि आज सरोकारवाला निकायका प्रतिनिधिहरुले स्थलगत अवलोकन गरेर मुचुल्का उठाउने काम भएको छ ।

२० आइसीयु सहित एक सय बेडको सो कोभिड अस्पताल २० दिन भित्र सञ्चालन हुने गरि अनलाईन टेन्डर लागि सकेको र जनशक्ति भर्नाको काम समेत सुरु भइसकेको बताइएको छ । मुख्यमन्त्री स्वच्छता अभियानका सिनियर डिभिजनल ईन्जिनियर भगवान झाले मनिपाललाई कोभिड अस्पतालको रुपमा अगाडि बढाउन आवयश्क मुचुल्का उठाइएको जानकारी दिएका हुन् । उनले लेखेका छन–‘प्रदेश सरकारको निर्देशानुसार आज धनुषाका प्रमुख जÞिल्ला अधिकारी र एसपीसंग समन्वय गरी आवयश्क प्राविधिक प्रक्रियागत मुचुल्का उठाइयो ।’
सो अवसरमा जि.प्र.का. धनुषाका प्रशासकीय अधिकृत यमन सुन्दर श्रेष्ठ, स्थानीय जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका वडा अध्यक्ष पुण्य प्रताप यादव, वडा सदस्य उपेन्द्र बिमल साह, प्रहरी नायब निरीक्षक श्रीनारायण पण्डित, नागरिक समाजका मुरलीमनोहर मिश्र र संगमलाल राउत, वडा प्रहरी कार्यालय मुजेलियाका प्रहरी हबलदार दीपलाल यादव, मनिपाल शिक्षण अस्पताल व्यवस्थापनमा रहेका सेक्युरिटी कमाण्डर योगेन्द्र कार्की, बिबि लोपचन, कृष्ण कार्की सहितको उपस्थिती थियो ।

सामूहिक रूपमा स्थलगत निरीक्षण गरी अहिलेको विद्यमान अवस्थाको एसेटहरूको अवलोकन गरी एसेट लिस्टिङको कार्य र गर्नुपर्ने कार्यहरू छुट्याइयो र भोलिदेखि भवन र परिसर प्रहरीको जिम्मामा दिई कोभिड विशेष अस्पताल निर्माण पूर्वको व्यवस्थापन गरिएको छ । झाले प्रदेश सरकारले जनताको स्वास्थ्यलाई सर्वोपरि ठानेर धेरै राम्रो र साहसिक कदम उठाएको पनि उल्लेख गरेका छन् ।





