एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २१ :
धनुषा प्रशासनले जारी गरेको निषेधाज्ञाको पहिलो दिन मंगलवार जनकपुरधाम सुनसान जस्तै देखियो । फाटफुट अति आवश्यक सवारी साधन र पैदलयात्री वाहेकको चहल पहल बजारमा देखिएन । जनकपुरधाम उपमहानगरको बजार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरि पहिलो दिनको निषेधाज्ञा कार्यान्वयनमा कडाईका लागि सक्रिय देखियो ।

विहान रामानन्दचौकमा निषेधाज्ञाको अवज्ञा गरि चौैकमा निस्केका पैदलयात्री र कलेज पोशाकमा रहेका विद्यार्थीहरुलाई एक घण्टा रामानन्द पार्कमा थुनिएको थियो । निषेधाज्ञा अवज्ञा गरेका उनीहरुलाई एक सय रुपैया जरिवाना तिर्न भनेको र नमाने पछि एक घण्टा पार्कमा ढोकिएको थियो ।

त्यसै गरि पिडारीचौकमा बिनाकाम हिडडुल गरिरहेका युवाहरु माथी प्रहरीले समान्य लाठी चार्ज गरेको दृश्य समेत सार्वजानिक भयो । समाजिक सञ्जालहरुमा त्यस्ता तस्वीर र दृश्य देखिाएको छ । धनुषा संक्रमण जोखिमको रेडजोनमा परे पछि स्थानिय प्रशासनले बैशाख ३१ गते सम्म तत्काल लागु हुने गरि निषेधाज्ञा जारी गरेको हो ।

फाटफुट रुपमा एका विहानै आफनो गनतब्य जान सडकमा निस्केका ठुला सवारी साधनहरुलाई समेत प्रहरीले होल्ड गरि जरिवाना गरेको छ । यद्यपि ग्रामिन भेगमा भने निषेधाज्ञाको प्रभाव न्युन परेको बताइन्छ ।

तस्वीरहरु : सरोज मिश्र र विकास कुमार साहको फेसबुकवाट