एसपी रिपोर्टर
झापा, बैशाख २० :
झापाको मेचीनगर वडा नं. १५ मिलकोटी स्थित वायु ग्यास कोयला फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहान ३ बजे कोयला फ्याक्ट्रीमा बिद्युत सर्ट भई अचानक आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा, प्रहरी चौकी ज्यामिरगढीबाट प्रहरी सहायक निरीक्षक, सशस्त्र प्रहरी समेतको संयुक्त टोली तथा भद्रपुर, मेचीनगर र बिर्तामोड नगरपालिकाको दमकल परिचालन भएको छ । आगो निभाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । क्षतिको यर्थात विवरण आइनसकेको झापाका डिएसपी राकेश थापाले बताए