एसपी रिपोर्टर
जनकपुरधाम, पुष १५ : कलाकार अरुण कान्त यादव अभिनित भिडियो गित आहाँ हमरामे समा जाउ नयाँ वर्षको पहिलो दिन रिलिज हुने भएको छ । जनकपुरधामका युवा कलाकारहरु यादव र रिस्ता बस्नेत अभिनित रोमान्टिक भिडियो मैथली गित नयाँ वर्षको पहिलो दिनमै उपहार स्वरुप रिलिज गर्न लागिएको यादवले बताए ।
पानोरोमा मुभिजले निर्माण गरेको भिडियो गितमा भागवत मण्डल र सोनीको स्वर रहेको छ । त्यसैगरि राकेश साह र अमित कुमार झाले निर्माण गरेको भिडियोमा संजयको साह निर्देशन रहेको छ । गित श्याम ध्रुवको रचना र पारसमणीको संगितले सुसज्जित छ ।
मैथली गितका पारखीका लागि पृथक स्वाद रहेको गितको पोष्ट प्रोडक्सनमा मोसन स्टुडियो, एक्सक्युटिभ प्रोडयुसरमा लक्ष्मण मण्डल र आदी अधिकारी, मेकअपमा नेहा साह, सहयोगीमा सुरेश अधिकारी र प्रकाश सुवेदी रहेका छन् । अभिनेता यादव विभिन्न गिति भिडियो एल्वल सहित विभिन्न अभिनय क्षेत्रमा सक्रिय रहेका छन् ।