एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७ : जनकपुरधाममा रकस्टार म्युजिक एण्ड आर्टस स्टुडियो सञ्चालनमा आएको छ । जनकपुरधाम वडा नं. ४ माछाबजार चोक देखि पुर्व सञ्चालनमा आएको स्टुडियोको बुधबार आयोजित एक समारोहका बीच मुखियापट्टी मुसहरिनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले समुद्घाटन गरे ।
स्टुडियोमा गित संगीत रेकडिङ्गका साथै प्रशिक्षण पनि दिइने छ । गायक एवम् स्टुडियोका संचालक राजा सिंहले जनकपुरधाममा गीत संगीत सिक्ने/सिकाउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता देखेर आफुले यो कदम चालेको भन्दै सबैको सहयोगको बिश्वास व्यक्त गरे ।
भारतको दिल्ली/मुम्बइ लगायतको स्थानमा संगीत विद्यालयमा अध्ययनरत विद्यार्थी समेत रहेको गायक सिंहले स्टुडियो निर्माणको मुख्य उद्देश्य जनकपुरधाममा गीत संगीत सिकाईको माहौल तयार गर्नुरहेको बताए । उनले आफु जनकपुरधाममै सिक्न चाहेका बेला सुविधा उपलब्ध नभएर धेरै दु:ख गर्न परेको भन्दै यो काममा लागेको बताए ।
गीत संगीत सिक्न चाहनेहरु पैसाकै अभावले पनि बञ्चित हुन नपरोस त्यसका लागि आफु नि:शुल्क सिकाउने समेत उनले सुनाए । पत्रकार घनश्याम मिश्राले संचालन गरेको कार्यक्रममा जनकपुरधाम वडा नं. ४ का वडा अध्यक्ष सुरेश झा, गायक एवम् मिथिला नाट्यकला परिषदका पूर्व अध्यक्ष सुनिल कुमार मल्लिक, गायक ललित कामत, कलाकार पुष्पा यादव, पत्रकार ध्रुबकुमार झा लगायतका गीत संगीत क्षेत्रमा कार्यरत व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।