एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १४ : जनकपुरकै सबभन्दा पुरानो जनकपुर फर्निचर एक एशिया स्तरीय एवार्डका लागि छनौट भएको छ । सानो व्यवसाय तर्फ एसिया अवार्डको लागि फर्निचर छनोट भएको बताइएको छ ।
जनकपुरको रेल्वे स्टेशन तथा भानुचोकको बिचमा धर्मनाथ साहले सञ्चालन गरेको जनकपुर फर्निचर सेन्टर एशिया स्मल विजनेश अवर्डाको लागि छनोट भएको फर्निचरका म्यानेजिंग डाइरेक्टर अभिमन्यू कुमार साहले जानकारी दिएका छन् ।
यो अवार्ड मलेसियन संस्था रुला अवार्डले दिने गरेको छ । अगामी फ्रेबुअरीमा भारतको मद्रासको मदुराईमा हुने सम्मेलनमा यो अवार्ड वितरण गरिने छ । जनकपुर फर्निचर सेन्टर वि.स.२०४७ सालदेखि जनकपुरधाममा संचालनमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !