एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १ : जनकपुरधाममा महिन्द्राको अत्याधुनिक डिलरको शुभारम्भ भएको छ । जापनिज गणस्तरीयताका लागि पुरस्कार विजेता महिन्द्रा कम्पनीको चार पाँग्रे (फोर ह्वीलर) स्कारपियो सहितका विभिन्न मोडलका गाडीका साथै ट्रयाक्टरहरु समेत एकै ठाँउमा उपलब्ध हुने गरि जनकपुरधामको मुजेलिया स्थित रमण टावरको विपरित सुविधा समपन्न डिलरको शुभारम्भ भएको छ ।
जनकपुरधामका चर्चित व्यवसायी राजेश अग्रवालको रिचा मोर्टस प्रा.ली.ले कम्पनीको अधिकृत विक्रेताको रुपमा आफनो सेवा शुभारम्भ गरेको छ । कोभिड १९ को कारण कम्पनी समेतको सुझावमा आज शुभ साइत पारेर पुजापाठ गरि विधि पुर्वक शो रुमको शुभारम्भ गरिएको तथा कोरोना महामारी पछि शो रुमको भब्य समुदघाटन हुने सञ्चालक अग्रवालले बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिव शंकर साह हिराले फराकिलो क्षेत्रमा विशाल वर्कशपका साथ शो रुम सञ्चालनमा आएपछि महिन्द्राको गाडी तथा ट्रयाक्टर मर्मत तथा पार्टपुर्जाको उपलब्धता समेत एकैठाँउमा हुने भएपछि सहज हुने बताए । उनले शो रुमको भब्य सफलताको समेत व्यक्त गरेका छन् ।