कल्पना यादव
जनकपुरधाम : प्रदेश प्रहरीलाई साधनस्रोत युतm बनाउन प्रदेश सरकारले दुई दर्जन मोटरसाइकल प्रदेश २ प्रहरीलाई प्रदान गरेको छ । प्रदेशमा शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त बनाउन प्रदेशको गृह मन्त्रालय समेत भनिने आन्तिर मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरी कुल २४ वटा मोटरसाइकल प्रदान गरेको हो ।
शुक्रवार मन्त्रालयको प्राङ्गणमा आयोजित एक समारोहमा बिच प्रदेश २ सरकारका प्रवतmा तथा आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सो मोटरसाइकल र त्यसका साँचो प्रदेश २ प्रहरी प्रमुख डिआइजी प्रधुमन कार्कीलाई हस्तान्तरण गरेको मन्त्रालयकी शाखा अधिकृत नितु दुवेले बताइन ।
अघिल्लो वर्ष कमप्युटर, सिसिटिभी, ड्रोन क्यामेरा सहितको प्रविधी मैत्री सरसमान प्रदान गरेको प्रदेश सरकार चालु आर्थिक वर्षमा मोटरसाइकल प्रदान गरेको हो । प्रदेश सरकारको सहयोगले कार्य सम्पादनमा हदै सम्म टेवा पुग्ने विश्वास प्रहरी प्रमुख कार्कीको छ ।