एसपी रिपोर्टर
जनकपुरधाम, साउन ९:
जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुमार साह ‘चन्दन’ सर्वसम्मत निर्वाचित भएका छन् ।
संघको साधारणसभाबाट गठित वरिष्ठ सदस्य, पूर्व पदाधिकारी तथा निर्वाचन समिति सम्मिलित १५ सदस्यीय समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक मनिष रमण साहले जानकारी दिए।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा संजय कुमार साह, उपाध्यक्षमा श्यामप्रसाद साह, महासचिवमा प्रमोद कुमार साह, सचिवमा दीपक कुमार साह तथा कोषाध्यक्षमा शत्रोहन साह सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा प्रविण साह, अलंकार कुमार ठाकुर, श्याम साह, ललन साह, संजय ठाकुर र अंकित साह सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिका अनुसार २०६१ सालमा दर्ता भएको संघको प्रस्तावनाअनुसार यसपटक जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रका सदस्यहरूलाई समेटेर नयाँ कार्यसमिति गठन गरिएको हो ।





